जेठ २५ गते कास्की काँग्रेसले बिशाल र्यालीसहित सभा गर्ने

0
1025

पोखरा ।नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रममा  नेपाली काँग्रेस कास्कीले विशाल र्याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत  यहि जेठ २५ गते र्याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पोखरा पोष्टलाई  जानकारी दिए ।
र्याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुड्डा विपी चोकमा पुगेर सभामा परिण हुने छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार वसेको संयुक्त बैठकले जेठ २५ गते विशाल र्यालीसहित सभा गर्ने निर्णय गरेको हो ।

कास्की काँग्रेसले र्यालीमा सहभागी हुन पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आआफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह समेत  गरिएको छ ।