सभापति शेर बहादुर देउवासंग राष्ट्रपतिले माफी माग्नुपर्छ: कांग्रेस युवा नेता पुर्ण गुरुङ

0
1264

कास्की क्षेत्र नं ३ (क) सिम्पानीमा कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधी पुर्ण गुरुङ्ले राष्ट्रपतिले संबैधानिक दायरा नाघेर कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई हाँसो मजाकमा उडाउनु अत्यन्तै दु:खद भएको जनाउनु भयो    । नेता गुरुङले उक्त कार्यक्रमको मञ्चबाट राष्ट्रपति भण्डारीलाई  भन्नुभयो, “ राष्ट्रपति ज्यु एक चोटि सभापति देउवाको ईतिहासको पान्ना पल्टाएर हेर्नुस अनि शेर बहादुर देउवा कस्तो ब्यक्तित्व हो भनेर राम्रोसंग चिन्नुहुनेछ र आफ्नो गल्ती प्रति आदरणीय नेता देउवासंग छिटो माफी माग्नुस।”

यस्तै कार्यक्रममा बोल्दै युवा नेता पुर्ण गुरुङले सरकारका गलत गतिबिधिका बिरुद्ध लाग्न कार्यकर्तालाई आव्हान गर्नु भएको छ। गुरुङले संविधान रक्षाको निम्ति नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ढिक्का भएर  लाग्न पनिआग्रह गर्दै नेकपाको दुई तिहाई सरकार गाउँ देखी शहर सम्म भ्रष्ट्राचारमा लिप्त भएको आरोप पनि लगाउनु भयो । नेता गुरुङले कम्युनिष्टहरुले जन्तालाई झुटो आश्वासन देखाएर र झुक्काएर बहुमत प्राप्त गरेका हुन अब कम्युनिष्टलाई त्यसको प्रतिकार जन्ताले छिट्टै गर्नेछन् भन्दै उहाँले थप्नुभयो,“दुई तिहाईको नाममा कम्युनिष्टले कार्यपालिका र न्यायपालिकालाई संबिधान विपरित सञ्चालन गर्ने प्रयास गरेकोमा नेपाली कांग्रेस घोर भ्रत्सना गर्दछ ।”

अन्त्यमा नेता गुरुङले डाडु र पन्निउ हातमा राखेको सरकारले दुई बर्षको समयमा सिङ्को समेत भाच्न नसकेको  सरकारले पाँच बर्ष सम्ममा पनि माखो  समेत मार्न नसक्ने जनाउँदै यस बर्तमान कम्युनिष्ट सरकारप्रति जनताले कुनै आशा नराखेको स्पष्ट पार्नु भयो