मुख होइन,रुख हेरेर भोट हाल्न आग्रह

0
936

कास्की ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ब्यक्तिको मुख होइन,रुख चिन्ह हेरेर भोट हाल्न आग्रह गरिएको छ ।काँग्रेस पोखरा ४ ले आयोजना गरेको उपनिर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रमका बत्ताहरुले ४ तारा र रुख चिन्ह बोकेर आउने उम्मेदवारलाई एकढिक्का भएर सघाउन पर्नेमा जोड समेत दिए ।
कार्यक्रममा बोल्दै काँग्रेस कास्की सभापति कृण्ण केसीले नेपालका कम्युनिष्ट क्युवाको मोडलमा जान खोजेको आरोप लगाए । क्युवामा अदालत लगायतका सबै संबैधानिक निकाय ध्वस्त बनाएर शासन गरिएको छ उनले भने ,नेपालमा पनि त्यस्तै गर्न खोजिंदैछ। लोकतन्त्र बचाउँनका लागि काँग्रेसलाई जिताउनु पर्नेमा उनले जोड दिए ।गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले कम्युनिष्ट सरकारको पालामा भएका भ्रष्टाचारका बिषयमा जनतालाई राम्रोसंग बुझाउन सके मात्रै पनि काँग्रेसले सजिलै चुनाब जित्ने दाबी गरे । कास्की २ (ख) का सभापति दीपेन्द्र मर्सानीले काँग्रेस भित्र रहेका कमीकमजोरीको आत्मसमीक्षा गर्दे चुनाबमा खटिनुपर्नेमा जोड दिए ।
कास्की काँग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डेले कम्युनिष्ट सरकारले गरेका गलत कार्यको भण्डाफोर गरेर जनतालाई बुझाउनु पर्ने बताइन् । पोखरा ४ का सभापति गोविन्द पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधि राजेन्द्रनीधि कोइराला, बिद्यार्थी नेता देवकृण्ण पराजुली,क्रियाशील सदस्य शंकरप्रसाद कोइराला ,सचिब गायत्री पराजुली लगायतले बोलेका थिए ।