कास्कीमा २५ जना उम्मेदवारले मनोनयन दर्ता गरे

0
693

कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीबाट २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा विभिन्न राजनीतिक दलबाट १४ जना रहेका छन् भने स्वतन्त्र उम्मेदवार ११ जना रहेको मुख्य निर्बाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की–२ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेतृत्व लिन २५ जना उम्मेदबारले निर्बाचन अधिकृतको कार्यलय पोखरामा मनोनयन दर्ता गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा कास्की अध्यक्ष कृष्ण थापा प्रस्तावक र प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक छन् ।
त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राप्रपा, राष्ट्रिय जनमोर्चा, विवेकशील पार्टी, साझापाटी, संघीय समाजवादी नेपाललगायतका दलहरूले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राईले जानकारी दिए । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की– २ मा ३२ मतदान स्थल र ८२ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । दलहरू जुलुस लिएर बाजागाजासहित नाम दर्ता गर्न निर्बाचन अधिकृतको कार्यलय पुगेका थिए ।