तनहुँ ।
नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौं अधिबेशनले अमर राज नहर्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रताप राना , महिला उपाध्यक्ष मिला दरै ,सचिवमा प्रकाश अधिकारी , कोषाध्यक्षमा प्रकृति खनाल न्यौपाने र सहसचिवमा शिला वाग्ले चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा श्रीहरि पौडेल, रमेश विकल , अप्सरा श्रेष्ठ, संजय श्रेष्ठ, मुना कालिराज विके चयन भए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि तर्फ ओमकार आचार्य , डम्बर अधिकारी , बसन्त कंडेल , मदन वाग्ले , डि पि अधिकारी , शैलेन्द्र मिश्र ,सोनी शर्मा , अन्जु दाहाल र बिमला दवाडी चयन भए ।
प्रदेश प्रतिनिधि तर्फ पूर्ण वि।के ,दिपेन्द्र पौडेल, स्वश्तिका भट्राई (गैरे) , सङगम सापकोटा ,बिष्णु मास्की , शैलेस खाती र दिल्ली राज जोशी चयन भएका छन् ।
अन्य पद सर्बसम्मत् भए पनि अध्यक्ष र सचिब पदका लागि भने निर्वाचन भएको थियो ।
यस अघि अधिबेशनको उद्घाटन गर्दे नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सरकारका गलत गतिबिधि प्रति नेपाली प्रेस सचेत हुनु पर्नेमा जोड दिए । उनले नेपाली काँग्रेसमा ब्यत्तिबादी चरित्र हाबी भएको भन्दै यसको असर भातृ तथा सुभेच्छुक संस्थाहरुमा समेत देखिनु दुखद बिषय भएको टिप्पणी गरे । नेपाल प्रेस युनियनलाई नीति र सिद्धान्तबाट निर्देशित हुनु काँग्रेस नेता भण्डारीले सुझाव समेत दिए ।