ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक

१३ श्रावण २०८१, आईतवार

पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे […]

नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस काव्यवाचन गरी मनायाे

७ श्रावण २०८१, सोमबार

  पाेखरा ।   नेपाली लेखक सङ्घ कास्कीले ४२ औं बी. पी. स्मृति दिवस, काव्यवाचन गरी मनाएको छ |  कार्यक्रममा  प्रमुख अतिथि नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठले बीपीसँग गाँसिएका स्मृतिहरु सुनाउनु भएको थियो। कार्यक्रममा कविहरु निकेश गिरी,केशव ज्ञावली, अमृत क्षेत्री, भूमिराज बस्ताकोटी,विश्व अधिकारी,दीपकराज अधिकारी,निरु के सी,रोशन तिमिल्सिना, मनिसा पौडेल,तारानाथ पराजुली, इशा शाह, शिव […]

साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा सम्पन्न

२ श्रावण २०८१, बुधबार

कास्की ।  नेपालश्री पुरस्कार कोष पोखरा २५ हेमजाको आयोजनामा बुधबार हेमजामा साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाेल्दै बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि,माटाे र प्रकृतिका उपासक एवम् वातावरणीय सवालहरुमा गम्भीर हुने चिन्तकका रुपमा रहेकाे बताए। उनले […]

वियाेगीलाई श्रीलाेचन पुरस्कार

३० बैशाख २०८१, आईतवार

पाेखरा  ।  छन्द बचाऊँ अभियानका नायक माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ । सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा संचालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे हाे । अाज गरिएकाे घाेषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् । छन्दनायक वियाेगी विगत दिनमा […]

छन्द बचाऊँ वाचनकला पुरस्कारबाट छन्द कविता वाचक तथा कवि शिव त्रिपाठी पुरस्कृत

८ बैशाख २०८१, शनिबार

    पाेखरा।   माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा स्थापित छन्द बचाऊँ वाचनकला पुरस्कार छन्द दिवस २०८१ का सन्दर्भमा छन्द कविता वाचक तथा कवि शिव त्रिपाठीलाई प्रदान गरिएको छ। शनिबार माधव वियाेगी वाङ्ममय प्रतिष्ठान नेपालले पाेखरामा आयोजना गरेको बिशेष कवि गाेष्ठी ,छन्दबारे चर्चा एवम् पुरस्कार वितरण समारोहमा शिक्षाविद् पीताम्बर नेपालीले त्रिपाठीलाई नगद रु  १५ हजार सहित […]

प्रिया ! मुक्तकसङग्रहको लोकार्पण तथा परिचर्चा

१० चैत्र २०८०, शनिबार

श्रीभद्र पौडेल पोखरा ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रिया ! मुक्तकसङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए।उनले विद्यार्थीहरुमा नैतिक […]

गजल सन्ध्या पोखराको नेतृत्वमा मन क्षेत्री

१३ फाल्गुन २०८०, आईतवार

पोखरा ।नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको […]

साहित्यकार लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

५ फाल्गुन २०८०, शनिबार

पोखरा। साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा […]

भोली देखि पर्यटकीय गाउँ सिक्लेसमा हुने सिनेमा संवाद कार्यक्रमको  तयारी पूरा

५ माघ २०८०, शुक्रबार

पोखरा  ।  चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए । उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । […]

पोखरा महोत्सवमा  समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले लिए  भरपुर मनोरञ्जन 

१ माघ २०८०, सोमबार

    पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्विर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा […]