साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान
राजाराम पौडेल पोखरा । गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट […]
नेपाली भाषा शिक्षकहरुका लागि प्रबोधीकरण
पोखरा । नेपाली भाषा शिक्षक परिषद कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबाेधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठयपुस्तक सम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमवारे सहजीकरणा गरेकी थिइन्। परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै […]
‘शिरीषको फूल’ पोखरामा मञ्चन हुदै, तयारी पुरा
राजाराम पौडेल पोखरा। नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पुरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ […]
पोखराका कवि एवं साहित्यकार विजय बजिमयको निधन, आज तुलसी घाटमा अन्त्येष्टि गरिने
पोखरा । पोखरेली साहित्यकार विजय बजिमयको निधन भएको छ ।पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत रहनुभएका साहित्यकार बजिमयको राजधानी काठमाडौँमा निधन भएको हो । विसं २०१४ चैत्र २३ मा पोखराको मोहरिया टोलमा पिता समर बहादुर बजिमय तथा माता चिज कुमारी बजिमयको कोखबाट माइला सुपुत्रको रुपमा जन्मनु भएका विजय बजिमयको अन्ततोगत्वा(कथासंग्रह) र समय […]
सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’
पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिती पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् । सम्मानित […]
अपरिचत अनुहार परम्परा र नविनताको सेतु हो : सरुभक्त
पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान […]
दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक
पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल […]
हेमजा साहित्य प्रतिष्ठानले मनायो महाकाब्यकार त्रिपाठीको ७९ औ जन्माेत्सव
गोबिन्द तिमिल्सिना हेमजा । हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औ जन्माेत्सव शनिबार हेमजामा मनाइएको छ । कार्यक्रममा सस्थापक सचिब कोबिदशरण उपाभ्यायले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिदै प्रतिष्ठान नेपालको इतिहासको बारेमा उल्लेख गरेका थिए । कार्यक्रममा सल्लाहाकार केसबशरण पौडेल, सल्लाहाकार बसन्त बाँस्तोला, शिक्षसेवी भुबनेश्वर शर्मा, समाजसेवी तथा […]
हेमजा साहित्य प्रतिष्ठानद्वारा २०८ आै भानुजयन्ती तथा २१४ आै शुभप्रभात काव्यमाला सम्पन्न
पाेखरा । २०८ आै भानुजयन्तीकाे पावन सन्दर्भमा हेमजा साहित्य प्रतिष्ठान नेपालले २१४ आै शुभप्रभात काव्यमाला भर्चुअल रुपमा सम्पन्न गरेकाे छ। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बाेल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले राष्ट्र दुखेको बेला राष्ट्र आवाज बाेल्ने कविताकाे महत्त्वपूर्ण भूमिका हुने बताए।बिखर्चीले देश,देशकाे वैभव र जीवन जगत प्रति लक्षित सिर्जनाका लागि सबैमा आह्वान […]
चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने
पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय […]