नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

७ कार्तिक २०७५, बुधबार

 फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र […]

यल कप ब्याडमिन्टन शनिबारदेखि

६ कार्तिक २०७५, मंगलवार

 पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०६५ देखि आयोजना गरिएको यल कप दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा […]

पोखरा अब खेल पर्यटनको ‘हब’मा विकास हुँदै

६ कार्तिक २०७५, मंगलवार

कुमार चौलागाई पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि “हब” बनाउने उद्देश्यसहित अर्को सातादेखि पोखरामा ‘पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले […]

क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

६ कार्तिक २०७५, मंगलवार

अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग […]

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा

३१ आश्विन २०७५, बुधबार

  स्याङ्जा,  यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले […]

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

२९ आश्विन २०७५, सोमबार

–कुमार चौलागाई ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका […]

पाराग्लाइडिङ विश्वकप हुने

२९ आश्विन २०७५, सोमबार

नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक […]

ए डिभिजन लिग ः मनाङ्को विजयी शुरुवात

२६ आश्विन २०७५, शुक्रबार

मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो । मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए । खेलमा शुरुवाती […]

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश

२६ आश्विन २०७५, शुक्रबार

–कुमार चौलागाई आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक […]

लेखनाथमा सिनीयर मिनी म्याराथुन हुने , दर्ता निशुल्क

२६ आश्विन २०७५, शुक्रबार

लेखनाथ ,नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथुनको आयोजना गरिने भएको छ । विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।यहि असोज २७ गते आयोजना हुने म्याराथुन खोलाको डिलबाट शुरु भई अर्घौं खराने हुँदै पुनः खोलाको डिलमा पुगेर […]