महाशिवरात्रिको अवसरमा फागुन ९ देखि पोखराको नदीपुरमा भलिवल प्रतियोगिता हुने

२ फाल्गुन २०७९, मंगलवार

पोखरा । फागुन ९ देखि पोखराको नदीपुरमा तीन वटा विधामा भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय पुन एकता क्लबको आयोजनामा आठौं संस्करणको नदिपुर भलिवल प्रतियोगिता अन्र्तगत पुरुष, महिला र ४० बर्ष माथि पौढ गरी तीन बिधामा उक्त प्रतियोगिता फागुन १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । […]

आहा ! रारा पाेखरा गाेल्डकप: लाेकल खेलाडी चम्कदा संकटा च्याम्पियन

२३ पुष २०७९, शनिबार

  सुरज श्रेष्ठ पोखरा । आज पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल खेल संकटाले बाजी मारेको छ  । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक  च्याम्पियन बनेको हो । यस अघि २०७७ सालमा आहा रारा  गोल्डकपको च्याम्पियन भएको थियो । समयमा दुबै टिमले समान […]

एघारौं पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहकार्य गर्ने

५ पुष २०७९, मंगलवार

पोखरा  । युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ । युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र […]

आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर के टेलिभिजनलाई

१ पुष २०७९, शुक्रबार

पोखरा ।  पोखरा राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र […]

चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता लाहाचोकमा

२७ मंसिर २०७९, मंगलवार

लाहाचोक ।    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न गरेको छ ।  सोमबार  भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि  मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय  शारदा मा.वि कि […]

समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

२६ मंसिर २०७९, सोमबार

पोखरा । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ । पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड […]

अन्र्तराष्ट्रिय टेनिसमा पुरुषतर्फ ताइवानी तथा महिलातर्फ भारतिय खेलाडीहरुको दवदवा

१४ मंसिर २०७९, बुधबार

  पोखरा । पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार महिला तथा पुरुषतर्फ प्रि.क्वाटरफाइनलका खेलहरु भएका छन् । भारतका मायंक सर्माले नेपालका राजबिर प्रधानलाई ६–७, ७–५ र ६–१ को प्रतिस्प्रर्धातम सेटमा पराजित गर्दै राउण्ड–१६ को खेल पार गरे । पहिलो सेट सुपरटाईमा जितेका राजबिरले दोश्रो सेटमा पनि ५–२ को अग्रता लिएका थिए । जितको […]

सहारा क्लब र हिमश्री फुड्सबीच थपियो १० वर्षको सम्झौता

१३ मंसिर २०७९, मंगलवार

पोखरा । २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता तयारीको संघारमा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले थप १० वर्षको सम्झौता गरेको छ । मंगलबार आयोजित समारोहमा हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । २०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले कुल […]

प्रतिभा माविमा स्पोर्टस् मीट सुरु

१३ मंसिर २०७९, मंगलवार

  पोखरा ।  पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ को औपचारिक शुभारम्भ मंगलबार गरिएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । मंगलबार एक समारोहका बीच […]

वाईवाई छनौंट क्रिकेटमा नवलपुर च्याम्पियन

३० कार्तिक २०७९, बुधबार

  पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुर लिगको शिर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पुरा जित निकाल्दै ६ अंक सहित शिर्षस्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङजामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम ग¥यो । प्रादेशिक […]