प्रहरी हिरासत भित्रै नेविसंघको धर्ना,

१५ माघ २०७५, मंगलवार

काठमाडौं । बालुवाटारबाट पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता प्रहरीले हिरासतमा राखेको नेपाल पुलिस क्ल्ब भित्रै धर्नामा बसेका छन् । सत्य र न्यायका निम्ति पुलिस क्ल्ब भित्रै धर्नामा बसेको भन्दै विद्यार्थी नेता निरन्जन थापाले फेसबुकमा फोटो पोस्ट गरेका छन् ।बालुवाटारबाट निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । सरकारबिरुद्धको प्रदर्शनमा रहेका नेविसंघका नेता […]

वालुवाटारमा नेविसंघको सिठ्ठी जुलुस ,३० जना पक्राउ

१५ माघ २०७५, मंगलवार

काठमाडौं  ,प्रधानमन्त्री निवास वालुवाटार अगाडीबाट नेविसंघका ३० जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडी सिट्टी जुलुस गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेका नेविसंघका नेताहरुलाई अहिले प्रहरीले महेन्द्रपुलिस क्ल्ब पुर्याएको केनिद्य्रय सदस्य शुशिल भट्टले […]

वार्ताबाट अनशन बन्द गर्न आग्रह

१५ माघ २०७५, मंगलवार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनशन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ […]

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

१५ माघ २०७५, मंगलवार

भक्तपुर ।भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।  भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको […]

घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु

१४ माघ २०७५, सोमबार

कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्द घोडाघोडी विकासको आधार भन्ने मुल नाराका साथ घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा  घोडाघोडी महोत्सव सोमबार देखी कैलालिको सुखडमा सुरु भएको छ । माघ २३ गते सम्म चल्ने महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु भएको हो । घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यको सभापतित्वमा भएको महोत्सवको […]

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज

१४ माघ २०७५, सोमबार

    –कुमार चौलागाईं नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो […]

दीपक मनाङेले सपथ लिए,मंगलबारको संसद बैठकमा सहभागी हुने

१४ माघ २०७५, सोमबार

        पोखरा, मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । कर्तब्य ज्यान मुद्धामा जेलमा रहेका उनलाई अघिल्लो महिना थुनामुक्त गरिएको थियो । थुनामुक्त हुने वित्तिकै सपथका लागि प्रदेशसभामा निवेदन दिएका उनलाई निर्वाचित भएको १४ महिनापछि सपथ गराईएको हो । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख नेत्रनाथ अधिकारी […]

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसन बस्दै, स्वास्थ्य सेवा प्रभावित हुनसक्ने

१४ माघ २०७५, सोमबार

सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आज रिले अनसन बस्दैछन्। नेपाल चिकित्सक संघकाे आह्वानमा सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनसन बस्न लागिएकाे हाे। सरकारलाई दिएको ७२ घन्टाको समयसीमा सकिएपछि संघले आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो। संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला […]

निर्मला हत्या प्रकरण : मानव अधिकार आयोगले दियो सरकारलाई २४ बुँदे निर्देशन, ४ बुँदे सिफारिस

१४ माघ २०७५, सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण घटना सम्बन्धमा अनुसन्धान गरेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज सरकारलाई प्रतिवेदन बुझाएको छ। गत कात्तिक २७ गते आयोगले घटनाको अनुसन्धान गर्न विज्ञसहितको एउटा टोली गठन गरेको थियो। पूर्वमहान्यायधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वोमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ […]

कांग्रेस सांसद्को अवरोधपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित

१४ माघ २०७५, सोमबार

 कांग्रेस सांसद्को अवरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। गत शुक्रबार संघीय संसदकाे प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ राष्ट्रियसभामा आज पेस हुने कार्यसूची छ। बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा र साेपश्चात् राष्ट्रपतिले […]