गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने

२६ पुष २०७५, बिहीबार

गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ती र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउदै आएको माघे संक्रान्तीलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । गण्डकी […]

पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न मन्त्री जमरकटेलको निर्देशन

२५ पुष २०७५, बुधबार

हेटौंडा,तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिएका छन ।पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको भन्दै उनले सरकारको बिरोधमा लेख्ने पत्रकारलाई म भएको भए जेल हाल्थे भनेका छन ।उनले पत्रकारलाइ सरकार,,मन्त्री प्रधान्मन्त्री बिरुद्ध नलेख्न चेतावनी समेत दिए । अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय […]

दादुरा खोप लगाउँदा बालकको मृत्यु

२५ पुष २०७५, बुधबार

  टीकापुर, बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । […]

विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने पक्राउ

२५ पुष २०७५, बुधबार

    काठमाडौँ, २५ महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो […]

गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति दिइने

२५ पुष २०७५, बुधबार

    काठमाडौँ, वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले सो प्रदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो । सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश […]

फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ पुष २०७५, बुधबार

    विराटनगर, सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ । प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा […]

निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : ‘प्रचण्ड’

२५ पुष २०७५, बुधबार

    चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनुभएको छ । चितवन महोत्सवको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । मुलुकमा विकास हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उठ्नु प¥यो, जनता समृद्ध हुनु प¥यो, जसले गरे पनि […]

गैरसरकारी संस्था महासंघ नेपालको दोस्रो केन्द्रिय कार्यसमितिको वैठक सम्पन्न

२४ पुष २०७५, मंगलवार

गैरसरकारी संस्था महासंघ नेपालको दोस्रो केन्द्रिय कार्यसमितिको वैठक पुष २२ र २३  गते काठमाण्डौंमा सम्पन्न भएको छ । महासंघको मंसिर १४ र १५ गते काठमाण्डौमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित  भए लगत्तै पहिलो वैठक तथा शपथ ग्रहण कार्यक्रम मंसिर १६ गते काठमाण्डौंमा सम्पन्न भएको थियो । उक्त पहिलो वैठक पछि केन्द्रिय कार्यसमितिको दोस्रो वैठक थप जिम्वेवारी […]

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

२३ पुष २०७५, सोमबार

    काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात […]

न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा

२३ पुष २०७५, सोमबार

    काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न […]