रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा

८ चैत्र २०७९, बुधबार

पोखरा ।  पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो ।   पाल्पा र कास्कीमा उत्पादित मा‌ैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]

गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित

८ चैत्र २०७९, बुधबार

पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले  सहयोग गर्ने

७ चैत्र २०७९, मंगलवार

हेमजा ।   यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको  उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल

६ चैत्र २०७९, सोमबार

पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता  चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक

६ चैत्र २०७९, सोमबार

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]

पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान

६ चैत्र २०७९, सोमबार

पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]

प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड

६ चैत्र २०७९, सोमबार

पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]

राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने

६ चैत्र २०७९, सोमबार

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]

रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने

४ चैत्र २०७९, शनिबार

    कास्की ।   राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]

इतिहास तथा संस्कृति विभागद्वारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत

२ चैत्र २०७९, बिहीबार

  पोखरा ।इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ । विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको […]