नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने

२७ पुष २०७५, शुक्रबार

    काठमाडौँ, : प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको […]

प्रवासी नेपाली युवाहरुको सहयोगमा कम्मल बितरण

२६ पुष २०७५, बिहीबार

दीपेन्द्र बस्नेत कञ्चनपुरको दक्षिणी सीमान्त बेलडाँडी र बेलौरीमा प्रवासी नेपाली युवाहरुले जुटाएको साहायताबाट बिपन्न समुदायलाई बुधबार कम्मल बितरण गरिएको छ । सुदुरपश्चिम समाज कोरिया र मलेसियाले प्रवासमा रहेका १५९ जना युवाहरुले जुटाइदिएको आर्थिक साहायताले बिपन्न समुदायका लागि कम्मल बितरण गरिएको छ । प्रवासमा रहेर समाजसेवी कार्यमा सक्रियता देखाउदै आएको सुदुरपश्चिम समाजको अगुवाइमा संकलित साहायताबाट खरिद […]

क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम शुरु

२६ पुष २०७५, बिहीबार

  कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ को आयोजनामा महिलाहरुका लागि क्षमता अभिबृद्धि तथा उद्घोषण  तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाका शिक्षा बिभाग प्रमुख बलराम भुँगाइले महिलाहरुको हक अधिकारका बिषयमा सबै महिला सचेत हुनु पर्ने बताए।उनले महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत महिलाहरुमा सचेतना बढाउन समेत जोड दिए । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला […]

“पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे हुन्छ : प्रधानमन्त्री ओली

२६ पुष २०७५, बिहीबार

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् । दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहिबार यहाँ आयोजित कार्यक्रममा उनले भने, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर […]

‘निगममा प्वालैप्वाल, टाल्दाटाल्दै हैरान’

२६ पुष २०७५, बिहीबार

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन्। निगमको ४९ औँ वार्षिकोत्सवलाई बिहिबार यहाँ सम्बोधन गर्दै उनले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गरे । उनले भने, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्याङ्कर चालक, […]

सामुदायिक विद्यालयहरु पनि समयानुकुल अगाडि वढ्नु पर्नेमा जोड

२६ पुष २०७५, बिहीबार

पोखरा ३२ गगनगौडामा रहेको गोगन माविले बुधवार विविध कार्यक्रमका साथ आफनो ५० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञान र प्रविधिको आजको युगमा सामुदायिक विद्यालयहरु पनि समयानुकुल अगाडि वढ्नु पर्नेमा जोड दिदै नमुनाको रुपमा रहेको गोगन माविले आइसिटीका लागि ल्याएका योजनामा महानगरपालिकाको सहयोग रहने प्रतिवद्धता जनाएका छन् । […]

पाकिस्तानका टेलिभिजनले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने

२६ पुष २०७५, बिहीबार

    इस्लामाबाद,एएफपी ,पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो । पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ । निर्देशनमा […]

दुर्घटनामा एकको मृत्यु ,श्रीमान् र छोरा गम्भीर घाइते

२६ पुष २०७५, बिहीबार

    भरतपुर चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन […]

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि कारागारमा राखिएका थुनुवाको मृत्यु

२६ पुष २०७५, बिहीबार

    लमही, जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो […]

चिनीको मूल्य प्रतिकिलो ७ रुपैयाँ बढ्यो

२६ पुष २०७५, बिहीबार

 सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्नेगरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै प्रतिकिलो सात रुपैयाँ बढाएका हुन्। नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। गत वर्षको तुलनामा मूल्य […]