जापानको श्रम बजारमा नेपालीलाई सेवा

११ पुष २०७५, बुधबार

  काठमाडौँ, जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको […]

मदन भण्डारीको हत्यारा पत्ता नलगाउने पार्टीको सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैन : हिसिला यामी

१० पुष २०७५, मंगलवार

चाँदनी आचार्य कैलाली ,नयाशक्ति पार्टि नेपालका नेतृ तथा पुर्व मन्त्रि हिसिला यामीले राष्ट्रपति विधा देवि भन्डारीका श्रीमान तथा तत्कालिन नेकपा एमालेका नेता मदन भण्डारिको हत्यारा अहिले सम्म पत्ता नलागेका अवस्थामा सामान्य गरिव परिवारका निर्मला पन्तको हत्यारा पत्ता लाग्ला भन्नेमा आफु विश्वस्त नभएको वताएकी छन । देश ब्यापि पार्टि विस्तार अभियान स्वरुप सुदुरपश्चिमका विभिन्न जिल्ला हुँदै […]

बुधबार नेकपाको पुनः बैठक बस्दै

१० पुष २०७५, मंगलवार

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिनुहुने भएको छ । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ […]

सरकार संचालनको मेसो नपाएर प्रधानमन्त्री कुहिरोको काग बन्नुभयो : वरिष्ठ नेता पौडेल

१० पुष २०७५, मंगलवार

वनेपा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली दुई तिहाईको सरकार हुँदा पनि सरकार संचालनको मेसो नपाएर कुहिरोको काग जस्तो भएको बताउनुभएको छ । काभ्रेको बनेपामा रेडियो अरनीको ९६.३ मेघाहर्जको शुभारम्भ गर्दै उहाँ सरकार गतिहिन बन्दा मुलुकको विकास पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ओली सरकारलाई हेर्दा नै कम्युनिष्टहरुसंग काम गर्ने ढंग हुँदैन […]

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो : उपत्यकासहित देशभर चिसो बढ्ने

१० पुष २०७५, मंगलवार

काठमाडौँ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका […]

विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

१० पुष २०७५, मंगलवार

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् । प्राध्यापक सङ्घले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका […]

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

१० पुष २०७५, मंगलवार

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार […]

कांग्रेस महासमितिको बैठकद्धारा गणतन्त्र,संघियता र धर्म निरपेक्षता अनुमोदित

१० पुष २०७५, मंगलवार

काठमाडौं । गत मंसिर २८ गतेदेखि आरम्भ भएको नेपाली कांग्रेसको ऐतिहासिक महासमितिको बैठक सकिएको छ  । पार्टीलाई सबै कोणबाट नयाँ दिशा दिन सफल भएकाले महासमितिको आसन्न बैठक ऐतिहासिक भएको दाबी गरिएको छ । एक हप्ताभन्दा बढी चलेको कांग्रेस महासमिति बैठक विधान परिमार्जन र संशोधनको विषयमै किचलो उत्पन्न हुने अनुमान केही राजनीतिक दलले गरेका थिए । […]

नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन पोखरामा हुने

१० पुष २०७५, मंगलवार

    काठमाडौँ, नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ । महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने र त्यसका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन […]

पोखरामा नेपाल साहित्यिक महोत्सवको रौनक

१० पुष २०७५, मंगलवार

  पोखरा, पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारामा बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित आईएमई नेपाल साहित्यिक महोत्सवअन्र्तगत विभिन्न समसामयिक विषयमा चर्चापरिचर्चा गरियो । महोत्सवमा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । लेखकका पुस्तक किन्ने र उनीहरुसँग ‘अटोग्राफ’ लिँदै लेखक तथा पाठकबीचको भलाकुसारी र कार्यक्रमस्थल बाराही चोकमा दिनै भरी देखिएको थियो । महोत्सव अन्तर्गत आजको […]