कांग्रेस पदाधिकारी संख्या आठ : कम्तीमा ३३ प्रतिशत महिला कार्यसमितिमा रहने, उपसभापती र सहमहामन्त्रीमा महिला आरक्षण

४ पुष २०७५, बुधबार

      काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार साँझ अबेरसम्म बसेको शीर्ष नेताहरुको बैठकले यस्तो सहमति जुटाएको हो । यो सहमतिसँगै जारी महासहमतिको बैठक कम्तीमा दुई दिन लम्बिने भएको छ । मङ्गलबारको महासमिति बैठकमा निकै […]

निर्वाचन हार्दैमा सिद्धान्त समाप्त भएको छैन :कमल थापा

३ पुष २०७५, मंगलवार

    राँझा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भए पनि पार्टीको सिद्धान्त र औचित्य समाप्त नभएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित प्रदेश नं ५ स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले अँगालेको धर्म र राजतन्त्रको एजेण्डा बलियो हुँदै गएको दाबी गर्नुभयो । उहाँले पार्टी पटक–पटक सरकारमा जाँदा जनतामा सिद्धान्त […]

कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीको चुनाव हुने,

३ पुष २०७५, मंगलवार

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सहमति जुट्न नसकेको पार्टी पदाधिकारीको संख्या र  निर्वाचित हुने पद्धतीको बारेमा नेताहरु सहमतिमा पुगेका छन् ।  विभिन्न विकल्पहरु माथि भएको छलफलपछि  सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ । यसअघि निर्वाचनबाट चयन हुने कोषाध्यक्ष पद भने सहमति अनुसार पार्टी सभापतिले मनोनयन गर्ने ब्यवस्था […]

महासमिति बैठक लम्बिने

३ पुष २०७५, मंगलवार

मङ्सिर २९ गतेदेखि शुरु भएको महासमितिबैठक लम्बिने भएको छ   , विधान मस्यौदामाथिको विवादले एकातिर बैठक लम्बिने भएको छ भने अर्काेतिर यसअघि नै पेश भएका अन्य चार प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ । बैठकको शुरुदेखि नै शीर्ष नेताहरुको ध्यान यसैमा केन्द्रित छ भने महासमिति बैठकसमेत दैनिक केही समय प्रभावित हुँदै आएको छ । मङ्सिर २९ गतेदेखि शुरु […]

पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गर्न सुझाव

३ पुष २०७५, मंगलवार

  काठमाडौँ, नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको आज चौथो दिन राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले सो प्रतिवेदन अझै […]

काङ्ग्रेस नेतृत्वलाई ‘पदाधिकारी’ मुद्दामा नअल्झिन आग्रह

३ पुष २०७५, मंगलवार

  काठमाडौँ,  नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । महासमिति बैठकको तेस्रो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुन सकेको छैन । महासमिति सदस्यहरुले प्रतिवेदनमा सहमति कायम गरी शिघ्र बैठकमा पेश हुनुपर्ने माग गर्नुभएको छ । […]

काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास जारी

२ पुष २०७५, सोमबार

    काठमाडौँ, : नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको […]

काङ्ग्रेस महासमिति बैठक : पार्टीको बृहत्तर हित र एकतामा जोड

१ पुष २०७५, आईतवार

  –भीष्मराज ओझा नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आआफ्ना धारणा राख्नेक्रम शुरु भएको छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो । […]

चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ ः अध्यक्ष दाहाल

१ पुष २०७५, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ ।” भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक […]

पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागतको तयारी, ५०१ सदस्यीय स्वागत समारोह समिति गठन

१ पुष २०७५, आईतवार

  सरिता तिम्सिना पगेनी पोखरा । पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह  सपरिवार  पौष २ गते पोखरा आउने खबर पाएसँगै पोखरामा  पूर्वराजपरिवारको भव्य स्वागतको तयारी गरिएको छ । पूर्वराजपरिवारको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट समासेवी केशव भण्डारीको संयोजकत्वमा ५०१ सदस्यीय  स्वागत समारोह समिति  समेत  गठन गरिएको छ। समिति को सहसंयोजकमा डा महेन्द्र व कार्की ,चन्द्र  रानाभाट […]