अस्ट्रेलियामा २०६ औँ भानु जयन्ती मनाइयो

३१ असार २०७६, मंगलवार

सुदीप त्रिपाठी प्रतीक विस्रवेन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाको आयोजना तथा नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहयोगमा आइतबार अस्ट्रेलियाको विस्रवेनमा २०६ औँ भानु जयन्ती मनाइएको छ । कार्यक्रममा बोल्दै  प्रमुख अतिथि बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले कविले टुक्रा टुक्रामा भन्दा पनि समग्रमा लेख्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले पहिले गजल, मुक्तक , हार्इुक जस्ता […]

नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले गरे बुवा आमाको नाममा दान :

३० असार २०७६, सोमबार

क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्रामटन शहरमा स्थापित श्री पशुपतिनाथ मन्दिरको विस्तार गर्ने उद्धेश्यले नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको आयोजनामा भएको महायज्ञमा दान दाताहरुको संख्या दिनानुदिन बढ्दो छ । जुलाई ६ तारिख शनिवार देखि सुरु भएको श्रीमद्भागवत कथा ज्ञानमहायज्ञमा जुलाई १२ शुक्रबार नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री  बसन्त कार्कीले आफ्ना स्वर्गीय माता कमलादेवी कार्की र पिता तिलक […]

विश्वकप क्रिकेटको उपाधि कसको ? इंगल्याण्ड कि न्युजिल्याण्ड ?

२९ असार २०७६, आईतवार

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त आइतबार दिउँसो हुँदैछ । फाइनलमा दिउँसो ३ः१५ बजे आयोजक इंगल्याण्ड र न्युजिल्याण्ड खेल्दैछन् । लण्डनको लर्डसमा हुने खेलबाट विश्वले नयाँ विश्वकप विजेता पाउने छ । अहिलेसम्म अष्ट्रेलिायले ५ पटक, भारत र वेष्ट इन्डिजले २–२ पटक तथा पाकिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । […]

चीनको ग्रामीण क्षेत्रमा घर भित्र पुरिएर पाँचको मृत्यु

२२ जेष्ठ २०७६, बुधबार

चीन । चीनको ग्रामीण क्षेत्रमा रहेको एउटा पुरानो घर भित्र पुरिएर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मध्य चीनको हुबेई प्रान्तमा रहेको एउटा गाउँमा सो घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केही मानिसहरुले घर भित्र काम गरिरहेका बेला स्थानीय समयानुसार मङ्गलबार बिहान झण्डै १० बजेर १० मिनेट गएको समयमा घटना भएको बताइएको […]

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ५ सैनिकसहित ६ जनाको मृत्यु

१२ जेष्ठ २०७६, आईतवार

मेक्सिको सिटी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए।  एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस […]

नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी

९ जेष्ठ २०७६, बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्। पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। तर एक जना प्रवक्ता जयवीर सेरगिलले […]

कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा सम्पन्न

११ बैशाख २०७६, बुधबार

दोहा, कतार।  कास्की आदर्श सेवा समाज कतारको १७ औ साधारण सभा दोहा सनैय  -२७ स्थित रोटना मा सम्पन्न भएको छ    । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि  संस्थाका संरक्षक सदस्य  बलराम सापकोटाले  प्रवासमा रहने नेपालीहरु बिच एकता कायम गराउन समाजले महत्वपुर्ण भुमिका खेलेको बताए ।उनले  समाजले सकारात्मक कार्यहरु गरेको भन्दै निरन्तरताको कामना समेत गरे । । […]

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

९ बैशाख २०७६, सोमबार

एजेन्सी , श्रीलंका श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् । मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ […]

नेपाली नयाँ बर्षको अबसरमा अस्टेलियामा विभिन्न कार्यक्रमको आयोजना

२८ चैत्र २०७५, बिहीबार

सुदीप त्रिपाठी प्रतीक विस्रवेन । नेपाली नयाँ बर्ष २०७६ को अवसरमा अस्टेलियामा नेपाली समुदाय बीचमा कार्यक्रम नै कार्यक्रम हुने भएका छन् । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य स्थितका विभिन्न शहरहरुमा नेपालीहरु माझ शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रमका आयोजना गरिएका छन् । यही आँउदो अप्रील १२ गते शुक्रबार नेपलीज एसोसिएसन अफ क्वीन्सल्याण्ड ले नयाँ बर्ष साँझ कार्यक्रमको […]

नेपाली नयाँ बर्षमा अस्ट्रेलियामा शुभकामना साँझ हुने

२४ चैत्र २०७५, आईतवार

सुदीप त्रिपाठी प्रतीक नेपाली नयाँ बर्ष २०७६ को अवसरमा अस्ट्रेलियामा शुभकामना साँझ हुने भएको छ । कास्की समाज अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको व्रिसवेनमा शुभकामना साँझ हुन लागेको हो ।  स्थानिय समय अनुसार  २१ गते आइतबार साँझ ५ बजे देखि रसियन सामुदायिक हल उलनगावामा कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । नयाँ बर्षको अवसरमा शुभकामना […]