बिपीको मेलमिलाप सबैका लागि आदर्श

१८ पुष २०७५, बुधबार

    विराटनगर, बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप देशका सबै शक्तिलाई एकीकृत गर्ने उद्देश्य रहेकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिपी विचार राष्ट्रिय समाजद्वारा ४३औँ राष्ट्रिय एकता मेलमिलाप दिवसका अवसरमा आयोजित अर्थ–राजनीति र राष्ट्रियताका चुनौती सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताले तत्कालीन अवस्थामा प्रवासमा रहेका बिपीले नेपालमा भूगोल र राजनीतिक खतरा देखिने […]

जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडिको संयुक्त पदस्थापन

१८ पुष २०७५, बुधबार

पोखरा, १८ पुस । जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडिको संयुक्त पदस्थापन गरिएको छ । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाहीलाई र पोखरा लेडि २०१८ का अध्यक्ष सन्तु पौडेलले २०१९ का अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा शपथ ग्रहण गराएका हुन् । सोही क्रममा २०१९ […]

बेरोजगारको तथ्यांक संकलन सुरु

१८ पुष २०७५, बुधबार

दीपेन्द्र बस्नेत पुनर्वास,कञ्चनपुरका दक्षिणी क्षेत्रका चार स्थानीय निकायमा आयमुलक र उत्पादन वृद्धि गर्न बेरोजगारहरुको एकिन तथ्यांक लिने काम सुरु गरिएको छ । स्वरोजगार मुलक नीति तथा कार्यक्रमका लागि लक्षित समुदायको पहिचान गर्न तथ्यांक संकलनको काम गरिएको जिल्लाका दक्षिणी भेगका स्थानीय निकायहरुले जनाएका छन् । बेरोजगार ,शिक्षा ,स्वास्थ्य र कृषि लगायतका क्षेत्रको वास्तविक तथ्यांकका लागि नगरपालिका […]

विकास निर्माणले तीव्रता पाउँछ : प्रम ओली

१८ पुष २०७५, बुधबार

  काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँगको भेटमा उहाँले कतिपय विकास निर्माणका योजना सङ्घ वा प्रदेश कसले सञ्चालन गर्ने भन्ने द्विविधाका कारण कामले गति लिन नसके पनि अब त्यसलाई समाधान […]

१६ दिनदेखि बेपत्ता वडाध्यक्षको खोजी गर्न माग

१८ पुष २०७५, बुधबार

  रुपन्देही, बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन्् । सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले […]

परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै ,

१८ पुष २०७५, बुधबार

    रोल्पा, रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३÷७४ मा […]

प्रहरी छनोट निष्पक्ष र पारदर्शी बनाइने

१७ पुष २०७५, मंगलवार

  काठमाडौँ, प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । सोका लागि वरिष्ठ प्रहरी अधिकारीबाट सूक्ष्म निरीक्षणसमेत भइरहेको उहाँको भनाइ छ । छनोट प्रक्रियालाई […]

अनलाइनबाटै वरबधूको खोजी

१७ पुष २०७५, मंगलवार

  काठमाडौँ, के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज […]

लेखनाथ महोत्सवमा रु १८ करोडको कारोवारमा

१७ पुष २०७५, मंगलवार

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको लेखनाथ महोत्सव आज सम्पन्न भएको छ । यही पुस ५ गतेदेखि कास्की लेखनाथमा सञ्चालित १५ संस्करणको सो महोत्सव अवधिभर करीब तीन लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको थियो । महोत्सवमा करीब रु १८ करोड मूल्य बराबरको आर्थिक कारोवार भएको आयोजक संस्था […]

नौ दिनदेखि चार किशोर बेपत्ता

१७ पुष २०७५, मंगलवार

नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी […]