पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३ जना​को मृत्यु

१७ चैत्र २०७७, मंगलवार

पाेखरा  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार   पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३ जना​को मृत्यु भएको छ ।  थप १६७ जनामा कोरोना पुष्टि भए​को छ।  मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७  पुगेको छ ।   संक्रमित मध्ये २ लाख ७२ हजार ७२७ जना उपचारपछि निको भएको  मन्त्रालयले […]

पत्रकार महासंघको लेखा समिती सदस्य पदमा देवी सापकोटाको उम्मेदवारी

१७ चैत्र २०७७, मंगलवार

काठमाडौं । नेपाल पत्रकार महासंघको यहीँ चैत २५ गते हुन लागेको निर्वाचनमा लेखा समिती सदस्य महिला पदका लागि देवी सापकोटाले उमेदवारी दर्ता गराएकी छन्। नेपाल प्रेस युनियन नेतृत्वको गठवन्धनले उनलाई लेखा समिती सदस्य महिला पदका लागि उमेदवार वनाएको हो । लामो समय देखि नवलपुर र काठमाडौंलाई कार्यक्षेत्र वनाएर सक्रिय पत्रकारिता गर्दै आएकी सापकोटा फ्रेस न्युज […]

आगामी जेठ १८ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने

९ चैत्र २०७७, सोमबार

पाेखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । यद्यपि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन […]

जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको  आग्रह

८ चैत्र २०७७, आईतवार

    पाेखरा । ५६ औँ जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस (मार्च २१) को अवसरमा जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले  आग्रह गरेको छ ।   संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीहरु कानुन बमोजिम समयमै दण्डित हुन नसकेको […]

कुमाता कथासंग्रहमाथि पाेखरामा विमर्श

७ चैत्र २०७७, शनिबार

  सरिता तिम्सिना पगेनी पाेखरा।गीताञ्जली साहित्य परिवारले शनिबार पाेखरामा वसन्त पराजुलीकाे कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा बाेल्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताए ।उनले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गरे। सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा अाख्यानकारले नेपाली समाजलाई जीवन्त […]

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका

७ चैत्र २०७७, शनिबार

  पाेखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पाेखरामा सम्पन्न दाेस्राे वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिकाे उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र काेषाध्यक्षमा चन्द्रावति वाग्ले चयन भएका छन्।त्यसैगरी सदस्यहरुमा रमा प्रासर ,प्रतिभा न्याैपाने,रीता न्याैपाने,लीला पंडित,अाेम कुमारी अाचार्य र अनिषा बराल चयन भए । […]

अाज स्व.गिरिजाप्रसाद काेईरालाकाे ११अाै स्मृति दिवस

७ चैत्र २०७७, शनिबार

      पाेखरा । मुलुकलाई शान्तिकाे बाटोमा डाेर्याउन ,संघीय लाेकतान्त्रिक गणतन्त्रकाे गाेरेटाेमा हिडाउन महत्त्वपूर्ण भुमिका खेल्नुभएका नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद काेईरालाकाे अाज ११अाै स्मृति दिवस परेको छ।  गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए। उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि […]

लेखक तथा पत्रकार योगीको शब्दमा एलिना र भीमको ‘ऐना हेरी हेरी’ सार्वजनिक

५ चैत्र २०७७, बिहीबार

  पाेखरा । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन्। गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ। उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन […]

खोप उपलब्ध नहुञ्जेलका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

५ चैत्र २०७७, बिहीबार

पोखरा। सरकारले    खोप उपलब्ध नहुञ्जेलका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित    गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।   स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने […]

पत्रकार  लौडारी पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत 

३ चैत्र २०७७, मंगलवार

  पोखरा । पोखराका पत्रकार हीमनीधि लौडारी पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत भएका हुन् । पत्रकार लौडारीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ […]