२६ वर्षीय युवकको हत्या

२७ मंसिर २०७५, बिहीबार

    रुपन्देही, रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले खबर गर पछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो, प्रहरी उपरीक्षक […]

ढुङ्ग्रे खोलामा डुबेर एकको मृत्यु

२६ मंसिर २०७५, बुधबार

चितवन राप्ती नगरपालिकास्थित ढुङ्ग्रे खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा राप्ती नगरपालिका–६ फूरबारीका ३६ वर्षीय बिसरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोलाको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । सो घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पोखरा महानगरबाट अव्यस्थित तार व्यवस्थापन गरिने

२६ मंसिर २०७५, बुधबार

पोखरा महानगरले अव्यवस्थित बिजुली, इन्टरनेट एवं केबुलका तारलाई व्यवस्थित गर्ने भएको छ । पोखरा सुन्दरतामा बाधक बनिरहेको अव्यवस्थित तारहरुलाई मङ्सिर २७ गते बिपी चोकबाट तार व्यवस्थित गर्ने अभियान शुरु गरिने महानगरका प्रमुख मानबहादुर जिसीका जानकारी दिनुभयो । पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण शहरको सुन्दरतामा ह्रास आउनुका साथै […]

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती आमालाई सरकारको हेलिकोप्टर सेवा

२६ मंसिर २०७५, बुधबार

काठमाडौं । सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा हुँदा आर्थिक अवस्था सबल हुनेका आफन्तले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लैजाने गरेपनि कमजोर आर्थिक अवस्था भएकाले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता थियो […]

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

२६ मंसिर २०७५, बुधबार

    विदुर, केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो । राति १० […]

गाउँपालिका अध्यक्षमाथि कुटपिट, टाउकोमा गम्भीर चोट

२६ मंसिर २०७५, बुधबार

    रुकुम ,मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी […]

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा किशोरीमाथि जबरजस्ती करणी

२६ मंसिर २०७५, बुधबार

    अछाम, महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले […]

यौनका अँध्यारा उज्याला पाटाहरु

२६ मंसिर २०७५, बुधबार

  वैकुण्ठ ढकाल bd.palung@gmail.com नियमित किनमेल गर्ने पसलमै मेरा सहकर्मीले एक पाकेट दूध किने । फ्रिजबाट निकालेको दूधको प्याकेट निकै चिसो रहेछ । सहकर्मीले दूधको प्याकेट समाउने बित्तिकै भने–‘कति चिसो ।’ साहुनीले  बडा रसिक जवाफ फर्काइन– ‘भर्खरै नुहाएर आएको अनि चिसो हुँदैन त ?’ महिनावारी तिर्ने भएकाले सहकर्मीले पैसा निकाल्नु परेन । मुर्छा परेर हाँस्दै […]

देशमा न्याय मरेको आभास हुन्छ

२५ मंसिर २०७५, मंगलवार

ज्ञानु श्रेष्ठ अधिकारको कुरा गर्दा यहाँ मानव अधिकारको कुरा गर्न चाहन्छु । मानिस भएकै कारण उस्ले स्वतन्त्र रुपमा मर्यादित जीवन जिउन पाउने अधिकारलाइ नै मानव अधिकार भनिन्छ । खान , लाउन, बाँच्न, बस्न, पढन् , खेल्न , घुमफिर गर्न राजनिती गर्न ,आफ्नो कुरा राख्न , काम गर्न अनि अधिकार माग्न नारा जुलिस र र्याली गर्न […]

मञ्चमा ‘लिलामे माइलो’

२५ मंसिर २०७५, मंगलवार

राजधानीको थापागाउँस्थित  कुञ्ज थिएटरमा लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ। मौलिक कथा वस्तुमा आधारित यस नाटकले ग्रामीण जनजीवनको संस्कृति तथा रहनसहनलाई समेटेको छ। मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङको मगर समुदायलाई आधार बनाएर नाटक तयार पारिएको छ। परिवारमा हुने सामान्य मनमुटावले निम्त्याउने समस्यालाई नाटकमार्फत देखाउन खोजिएको निर्माता राजाराम गौतमले बताए। नाटकका पात्रहरूको अभिनयले कथालाई जीवन्त […]