१६ दिनदेखि बेपत्ता वडाध्यक्षको खोजी गर्न माग

१८ पुष २०७५, बुधबार

  रुपन्देही, बेपत्ता भएका अर्घाखाँचीको मालारानी गाउँपालिकाका वडाध्यक्षको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । बुटवलमा आज पत्रकार सम्मेलन गरी १६ दिनदेखि बेपत्ता हुनुभएका मालारानी–२ का वडाध्यक्ष विनोद भनिने विष्णु भुसालको खोजी गरी सार्वजनिक गर्न परिवारजनले आग्रह गरेका छन्् । सन्धीखर्कमा काम छ भनी घरबाट हिँड्नु भएका भुसालको अहिलेसम्म कुनै खबर नआएको दाजु जीवलाल भुसालले […]

परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै ,

१८ पुष २०७५, बुधबार

    रोल्पा, रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३÷७४ मा […]

प्रेस युनियन गोरखामा ढकाल

१८ पुष २०७५, बुधबार

गोरखा १८, नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन हुनुभएको छ । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन हुनुभएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले जानकारी दिनुभयो । समितिको सदस्यमा अञ्जन […]

बोनस ऐन २०३० संशोधनप्रति नेपाल ट्रेड युनियन काङ्ग्रेसको आपत्ति

१८ पुष २०७५, बुधबार

  काठमाडौँ, नेपाल ट्रेड युनियन काङ्ग्रेसले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत बोनस ऐन, २०३० मा गरेको संशोधन प्रस्तावप्रति ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले आज एक विज्ञप्ति जारी गरी उक्त प्रस्तावित संशोधित ऐनको दफा ६ अनुसार बोनस ऐन २०३० को दफा १३ साविकका श्रम ऐन २०४८ को दफा ३७ […]

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

१८ पुष २०७५, बुधबार

सुर्खेत, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताउनुभएको छ । ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना आदानप्रदन’ कार्यक्रममा मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताउनुभयो । “राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसङ्ख्यक र सीमान्तकृतको अभिभावक हो”, […]

प्रहरी छनोट निष्पक्ष र पारदर्शी बनाइने

१७ पुष २०७५, मंगलवार

  काठमाडौँ, प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । सोका लागि वरिष्ठ प्रहरी अधिकारीबाट सूक्ष्म निरीक्षणसमेत भइरहेको उहाँको भनाइ छ । छनोट प्रक्रियालाई […]

अनलाइनबाटै वरबधूको खोजी

१७ पुष २०७५, मंगलवार

  काठमाडौँ, के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज […]

प्रदेश ५ मा माघे सङ्क्रान्तिमा दुई दिन बिदा

१७ पुष २०७५, मंगलवार

  रुपन्देही, प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका […]

बालबालिकाहरुलाई शैक्षिक सामाग्री र सुईटर बितरण

१७ पुष २०७५, मंगलवार

चिल्डे«न–नेपालले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुलाई बिद्यालय शिक्षामा सहज पुरयाउन शैक्षिक सामाग्री र जाडोको लागी सुईटर बितरण गरेको छ । पोखरा महानगरपालिका र यस वरपर रहेका सामुदायिक श्री जनप्रिय मा बि, श्री बाराही मा बि, श्री कन्या मा बि , श्रीकृष्ण मा बि  श्री पार्दी,मा बि, श्री नबप्रभात मा बि, श्री धर्मस्थली आधारभुत बिद्यालय , […]

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

१७ पुष २०७५, मंगलवार

  काठमाडौँ, सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर […]