पोखरा  ३२ चौनपुरमा पहिरोमा परि ३ जनाको मृत्यु

२९ असार २०८१, शुक्रबार

      पोखरा ।   अविरल बर्षाका कारण गएराति पोखरा ३२  चौनपुरमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । चैनपुरमा शिव ओझाको घरमा पहिरो जाँदा उनको छोरी अनिता ओझा र अनुस्का ओझाको मृत्यु भएको पोखरा ३२ का वडा सदस्य तिर्थ ओझाले जानकारी दिए । पोखरा ३२ चैनपुरकै प्रतिक सुबेदीको पनि पहिरोमा परेर मृत्यु भएको […]

कास्कीमा     पहिरोमा परी १० जनाकाे  मृत्यु

२९ असार २०८१, शुक्रबार

  कास्की । अबिरल  बर्षाका कारण कास्कीमा  पहिरोमा परी १० जनाकाे मृत्यु भएको छ ।पहिरोमा परि पोखरा  १९ पुरुन्चौरका  तुल बहादुर परिवार  र उहाँका छोरी ज्वाई सहित    ७ जनाकाे मृत्यु भएको  छ भने  पोखरा ३२ चैनपुरमा   ३ जनाकाे मृत्यु भएकाे कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयाे। उहाँका अनुसार  मादि गाउँपालिका ११ […]

बाढीले धौलागिरी क्रसर उद्योग र  आसपासका बस्ती उच्च  जोखिममा

२८ असार २०८१, बिहीबार

      पर्वत।   हिजोदेखि परेको लगातारको बर्षाका कारण पर्वतकाे  दमुवाखोलामा भिषण बाढी आएको छ । दमुवाखोलामा आएको बाढीले    धौलागिरी क्रसर उद्योग र आसपासका बस्ती उच्च जोखिममा परेका छन् ।  दमुवा खोलाले दुवैतर्फ कटान तिव्र रुपमा गरिरहेको छ । लगातार कटान गर्दा आसपासको जमिन बगिरहेको छ । मध्यरातमा थाहा पाएर डोजर परिचालन गरेर नदी […]

पहिरोले मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ सडक अबरुद्ध, रेष्टुरेन्ट पुरियो

२८ असार २०८१, बिहीबार

पर्वत ।      पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो ।हिजोदेखि परेको भिषण बर्षाका कारण पहिरो खसेको हो । पहिरो लाेकमार्गहुँदै कालीगण्डकी नदीसम्म पुगेको छ । उक्त पहिरो खुलाएर छिटोभन्दा छिटा सवारी सञ्चालन गर्ने तयारी भएको […]

पोखरामा तायाः मचा नृत्य प्रतियोगिता हुने

२३ असार २०८१, शनिबार

पोखरा । नयाँ बजार सांस्कृतिक समितिको आयोजनामा तायाः मचा नृत्य प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता  भदौ ८ गते गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा हुनेछ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा […]

स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन ग्रामीण भेगका स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउँनु पर्छ : मन्त्री थापा

२२ असार २०८१, शुक्रबार

  पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताए । बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए । “प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं […]

सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो : पूर्वमुख्यमन्त्री अधिकारी

१९ असार २०८१, मंगलवार

पोखरा ।  नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन […]

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

१९ असार २०८१, मंगलवार

पाेखरा । नेपाली  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक   भाेली ( बुधबार ) बिहान  बस्ने भएकाे छ । नेपाली काँग्रेसका  सभापति  शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि  अनुरोध गरिएकाे  मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

१४ असार २०८१, बिहीबार

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा […]

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

१४ असार २०८१, बिहीबार

पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको […]