पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सन्त नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठी पूर्व मन्त्री दिपकुमार उपाध्यायले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री उपाध्यायले किसुनजीको जीवनीको वारेमा व्याख्या गरेका थिए । आध्यात्मिक व्यक्ति समेत रहेका किसुन जीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको जानकारी गराएका थिए । राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने बताउँदै जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने कथ्य सिकाएको बताए ।
अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा वगेको देखिएको बताउदै डन र धनको संस्कृति मौलाएर गम्भिर रोगको शिकार बन्न पुगेको छ । उनले भने, ‘अब रोगलाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’
पूर्वमन्त्री उपाध्यायले भने, ‘किसुन जी भन्नुहुन्थ्यो सत्ता प्राप्ती मेरो रुची होइन मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ । किसुनजीले अबसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमानै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामहरुले उहाँलाई सदा अमर राखेको छ ।’
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताहरुको त्याग तपस्याका उहाँहरु आजपनि आदर्श पुरुष कहलिएको बताए । सभापति शर्माले राज्यको जिम्ेवारी पदमा हुदा वा नहुँदा पनि आफुलाई नचुकाएको आदर्श पुरुष रहेको बताउँदै वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्यहरु रहेको जानकारी गराए । उनले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यैपनि शीर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने बताए ।
सभापति शर्माले ‘प्रजातन्त्र विना जनता र राज्यको जीवन स्तर सकरात्मक परिवर्तन असम्भव भएको बताउँदै प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेताहरु सेवक हुन्छन् । आज ठीक उल्टो भएको छ ।’ सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उल्लेख गरेका थिए ।
किसुनजी लगायतको अग्रज नेताहरुको योगदान कार्यक्रममा होइन व्यवहारमा उतार्ने बेला आएको बताउँदै शर्माले जनता र राज्यको हितमा काम गरे पहिलाको विरासत पुन स्थापित हुने जानकारी गराएका थिए ।
प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए । किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको सभापति शर्माले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए । भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउंदै आँफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे। उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने बताउँदै काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे । नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने जानकारी गराएका थिए भने प्राडा कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको गोष्ठी सहमहामन्त्री कोपिला रानाभाटले स्वागत र प्रवक्ता माधव बास्तोला (मधु)ले धन्यबाद व्यक्त गरेको गण्डकी प्रदेश सदस्य एव प्रचार विभाग उपप्रमुख शिरोमणी बरालले जानकारी दिए।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.