अर्काको नाममा रकम निकाल्ने एकजना पक्राउ

५ मंसिर २०७५, बुधबार

काठमाडौँ,  नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ […]

देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको नेता सिंहको आरोप

५ मंसिर २०७५, बुधबार

रुपन्देही,   नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले […]

आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना

५ मंसिर २०७५, बुधबार

कुमार चौलागार्इं “खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ”नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ । नेपाली सेनाका सहायक सेनानी एवं […]

वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको डिएलएको आरोप

५ मंसिर २०७५, बुधबार

काठमाडौँ, प्रजातन्त्रवादी कानून व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको भनी आरोप लगाएको छ । देशका विभिन्न ठाउँमा भएका घरेलु र यौनजन्य हिंसा, बलात्कार, हत्या तथा अपहरणका कारण महिला तथा बालबालिका असुरक्षित भइरहेको भन्दै त्यसतर्फ तत्काल संवेदनशील हुन डिएलएले आग्रह गरेको छ । निर्मला पन्तको घटना सम्बन्धमा लामो समयसम्म पनि अपराधीको […]

,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन

५ मंसिर २०७५, बुधबार

राँझा,  प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले […]

पर्यटकलाई लोभ्याउने गाउँ सिक्लेसमा पक्की बाटो बन्ने आशा

५ मंसिर २०७५, बुधबार

  –वासुदेव पौडेल पोखरा,  कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ । लमजुङ हिमालको काखमा अवस्थित सुन्दर गाउँ सिक्लेस पर्यटकलाई लोभ्याउने गाउँ भए पनि पक्की बाटोको अभावमा अपेक्षित पर्यटक पु¥याउन सकिएको छैन । वरपरका हरियो वन जङ्गलका कारण वन्यजन्तु […]

कांग्रेसको विधानमा ‘गुट’ कचकच

५ मंसिर २०७५, बुधबार

सुभद्रा जोशी, काठमाडौं। मुलुकको नयाँ संरचना अनुसार केन्द्र देखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो पार्टीमा जस्तै छ।समितिले विधानको खाका तयार गर्ने अधिकार पाएको भएपनि विधान बनाउँने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको छ। हाल कांग्रेस भित्र विधानमा सभापतिको अधिकार, […]

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चारको मृत्यु

५ मंसिर २०७५, बुधबार

    शिकागो, अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो । गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान […]

सुनसरीको दुहबी नगरपालिकामा एक जनाको गोली हानी हत्या

५ मंसिर २०७५, बुधबार

  इनरुवा,  सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका […]

जनप्रतिनिधिहरुले बेवास्ता गरेको भन्दै महिलाहरुले गाउँ पालिकामा अनिश्चितकालिन तालाबन्दी गरे

५ मंसिर २०७५, बुधबार

  दीपेन्द्र बस्नेत बेलडाँडी , कञ्चनपुरको दक्षिणी सीमान्त बेलडाँडीमा बिपन्न समुदायको उत्थान र सेवा सुबिधामा जनप्रतिनिधिहरुले बेवास्ता गरेको भन्दै स्थानिय महिलाहरुको समुहले मंगलबार गाउँपालिका कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरे । स्थानिय जनप्रतिनिधिहरुले बिपन्न समुदाय महिला तथा जनजिविका संग सरोकार राख्ने मुद्दाहरु हल गर्ने सम्बन्धमा बेवास्ता गरेको भन्दै टोल टोल बाट संगठित सयौंको संख्या आएका महिलाहरुले […]