संगम सहकारीको साधारणसभा सम्पन्न

१८ भाद्र २०८१, मंगलवार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले  साधारणसभा  सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले […]

पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प

२९ श्रावण २०८१, मंगलवार

 पाेखरा । चिनियाँ विद्युतीय अटो ब्रान्ड बिवाइडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स ईंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो। पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ। एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन […]

आस्था साकोसमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

२७ श्रावण २०८१, आईतवार

 पाेखरा । आस्था साकोसको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम ( प्रोबेसन) गण्डकी  पहिलो कलष्टरको २३ औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिबार पोखरामा सम्पन्न भयो। पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष  रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा १० ओटा साकोसका प्रतिनिधिहरु उपस्थित थिए । कार्यशालामा प्रमुख अतिथि तिवारीले अहिलेको […]

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

१५ श्रावण २०८१, मंगलवार

पोखरा । पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक […]

पोखरा महानगरका २ सय ८०जना सुन्तला कृषकलाई रु.२५ लाख बराबरको अनुदान प्रदान

३२ असार २०८१, सोमबार

पोखरा  । पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद रु.२५ लाख बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा […]

पोखरा महानगरपालिकाद्धारा चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

३२ असार २०८१, सोमबार

पोखरा  । पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन […]

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित

११ बैशाख २०८१, मंगलवार

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका […]

हेमजा आलु महोत्सवमा आलु किन्ने बढे

२८ चैत्र २०८०, बुधबार

  पोखरा ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको […]

चैत २५ गतेदेखि बैशाख ५  सम्म १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने

१७ चैत्र २०८०, शनिबार

    पोखरा।यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले शनिवार आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । क्लव अध्यक्ष समेत रहेका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख […]

आस्था साकोसद्वारा विद्यार्थीलाई सहकारीसम्बन्धी अभिमुखीकरण

१ फाल्गुन २०८०, मंगलवार

पोखरा । पोखरा  -१ बगरमा अवस्थित आस्था बचत तथा  ऋण सहकारी सस्था लिमिटेडद्वारा  पोखरा आदर्श सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षासम्बन्धी  कार्यक्रम मंगलबार सम्पन्न गरियो । आस्था साकोसका अध्यक्ष  कृष्ण प्रसाद आचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमूलक कार्यक्रममा व्यवस्थापन संकाय अन्तर्गत  कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी शिक्षा दिइएको थियो ।   प्रमुख अतिथि  माउन्ट भ्याली […]