पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा आगोलागी 

१७ श्रावण २०८१, बिहीबार

  पाेखरा ।   पोखरा तेर्सापट्टीको पश्चिमाञ्चल कपास उद्योगमा  आगोलागी भएकाे छ ।   पोखरा ३ तेर्सापट्टी  बस्ने अन्नत कतिलाले ब्लकको गारो टिनको छानो भएको ३ कोठा भएको १ तले कच्ची घरमा संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा  बिहिबार बिहान साढे एघार बजेकाे समयमा  अचानक बिद्युत सर्ट भई आगोलागी भएको  सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी […]

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

१५ श्रावण २०८१, मंगलवार

पोखरा । पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक […]

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर

१५ श्रावण २०८१, मंगलवार

पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् । मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए । यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया […]

नवलपुरकी झेंडीमगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

१५ श्रावण २०८१, मंगलवार

पोखरा। नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी […]

स्कुल बस दुर्घटनामा कार्यालय सहयोगीको मृत्यु, घाइतेकाे नामावलीसहित

१४ श्रावण २०८१, सोमबार

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।पोखरा-२१ फुर्सेखोलाको डुडखु घुम्तिमा सोमबार बिहान  एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएर दुर्घट्नाहुदा  सोही विद्यालयको कार्यालय सहयोगी  बर्ष ३३ की आरती बि.ककाे मृत्यु भएकाे  प्रहरीले जानकारी दिएकाे छ। ग १ क ६२१९ नं. को स्कुल बस चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी  ५० मिटर तल खस्न […]

पोखरा-२१ फुर्सेखोलाको घुम्तिमा स्कुल बस दुर्घटना

१४ श्रावण २०८१, सोमबार

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।पोखरा-२१ फुर्सेखोलाको डुडखु घुम्तिमा सोमबार बिहान  एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको   प्रहरीले जानकारी दिएकाे छ। ।   बसमा २४ जना विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी र  २ जना स्टाफ थिए । उनीहरूलाई उद्धार गरी  उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ […]

माउन्ट अन्नपूर्ण मा.विमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

१३ श्रावण २०८१, आईतवार

पोखरा । शैक्षिक क्षेत्रमा लामो इतिहास बनाएको अन्नपूर्ण मा.वि. नदीपुर पोखराले कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट सङ्कायका नवआगन्तुक विद्यार्थीलाई एक समारोहका बिच अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंक पोखराका निर्देशक श्री बीना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री सुरजप्रकाश प्रधानाङ्गको सभापतित्वमा सम्मान भएको थियो। […]

पोखरा आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग

१३ श्रावण २०८१, आईतवार

पोखरा ।   लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय  परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यू, नुन,मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रिहरू सहयोग  गरेको हो । आध्यात्मिक ज्ञानको माध्यमवाट समाजमा सकारात्मक […]

ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक

१३ श्रावण २०८१, आईतवार

पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे […]

एसओएस गण्डकीमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

११ श्रावण २०८१, शुक्रबार

पोखरा ।      पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उनीहरूको स्वागतसहितको अभिमुखीकरण गरिएको हो । दीपप्रज्ज्वलनसहित एसओएसका संस्थापक हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको समुद्घाटन गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख […]