काठमाडौँ, महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो । वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताउनुभयो ।
भिन्तुना युवा क्लबको १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न
भिन्तुना युवा क्लब, तेर्सापट्टी पोखरा ३ को १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। क्लबले बार्षिकोत्सबकै अबसरमा खुल्ला रत्तदान , मधुमेह परिक्षण तथा सम्मान कार्यक्रम राखिएको थियो । रक्त सन्चार सेवा कास्की तथा पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टरको प्राबिधिक सहयोगमा १८ युनिट रगत संकलन गरिएको थियो भने करिब ७५ जनाले निशुल्क मधुमेह परिक्षण गरेका थिए। उक्त कार्यक्रममा मिस एसइइ क्विन २०७५ तेर्सापट्टि निवासी सुप्रीमा तुलाधर लाई पनि सम्मान गरिएको थियो। क्लबका अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रबिन्द्र बहादुर प्रजुले क्लबले स्थापना काल देखि नै विभिन्न प्रशंसनिय सामाजिक काम गर्दै आइरहेको उल्लेख गर्दे आगामी दिनमा पनि क्लब संग सहकार्य गर्दे वडाको बिकास निर्माण कार्यमा सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष एबं वडा नं ३ का सदस्य जितेन्द्र कायस्थ, सदस्य लक्ष्मी पराजुली, रबिन कायस्थ, समाजसेबी उमेश सिके, सनकमान सिके , सप्रिमा तुलाधार लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष सरोज कायस्थ ले स्वागत तथा पत्रकार सरिता तिम्सिना पगेनी ले कार्यक्रम संचालन गर्नु भएको थियो । एकताको लागि ऐक्यबद्धता, स्वच्छ सामाजिक प्रतिबध्दता भन्ने मूल नारा सहित २०५९ सालमा स्थापित क्लबले बिभिन्न सामाजिक कार्यहरु गर्दे आएको क्लका कोषाध्यक्ष एबं कार्यक्रम संयोजक किरण उदासले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल सम्बत ११३९ तथा शुभ दिपावलिको अवसर पारेर शुभकामना आदन प्रदान समेत गरिएको क्लबका सचिब कुमुदराज राजभण्डारीले जानकारी दिनुभयो ।
अपराधिक गतिविधिमा संलग्नलाई जोगाउदा सोडारीले गुमाए मन्त्री पद, कृष्ण सुबेदी मन्त्रीमा नियुक्त
दीपेन्द्र बस्नेत धनगढी , पदीय आचरण पालना नगरी अपराधिक गतिविधिमा संलग्न हरुलाई जोगाउन पदको दुरुपयोग गरेको कारण देखाउदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम कमिटीको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएपछि त्यस्को कारणका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । मन्त्री दीर्घ बहादुर सोडारीले पद विपरित आचरण पालन नगरेको कारण उनलाई पदबाट बर्खास्त गरिएको नेपाल कम्युनिस्ट पार्टी सुदुर पश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले बताए। उनले पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेकाले हटाउन परेको बताए। पार्टीभित्रको गुनासो उनी विरुद्ध बढ्दै गए पछि उनलाई बर्खास्त गर्नु परेको नेकपाले जनाएको छ । मन्त्री सोडारीका विरुद्ध पार्टी भित्रै पनि गुनासो बढ्दै गएको र छानविन गर्दा पद अनुरुपको आचरण नगरेको पुष्टि भएकाले पार्टीले पदबाट फिर्ता बोलाउने निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष थापाले बताए । उनले सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन गर्दा पनि निकट्का कार्यकर्तालाई मात्र हेरेको आरोप पनि लागेको छ। अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउने भुमिका मन्त्री सोडारीले गर्दै आएको र विभिन्न अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भुमिका खेलेकाले पनि उनको पदच्युत गरिएको श्रोतले जनाएको छ । उनले विभिन्न अपराधिक गतिविधिमा संग्लनलाई छुटाउनका लागि जिल्लाका प्रहरी अधिकारीलाई दवाव दिने गरेको श्रोतले जनाएको छ। प्रदेशमा बढ्दै गएको आलोचना मन्त्री सोडारी झण्डै ८ महिने कार्यकालमा विभिन्न घटनामा पटक पटक आलोचित बन्दै आएका थिए ।
पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि उनको सट्टामा कृष्ण सुबेदीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ । सुवेदीलाई सामाजिक बिकास मन्त्री पदको प्रदेश प्रमुख मोहनराज मल्लको उपस्तिथिमा मुख्य मन्त्री त्रिलोचन भट्टले मंगलबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन । सुवेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन । उनी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका हुन्।
आठौं पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा बिजयी सुरुवात गरेका छन् ।
बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सूर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङ्गलाई २१–१८, २१–११ ले पाखा लगाए । पहिलो चरणको जित निकाल्ने क्रममा पुलिसका निर विक्रम देवकोटाले बाँकेका ईरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनल जेष्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका बिजित थापाले जेष्टका अर्जून तामाङ्गलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नविन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२, एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बुलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडी पार्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१७ पुरुष एकल तर्फको खेलमा दाङ्गका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । सुरजले पाल्पाका सुमित कुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे । यस्तै दाङ्गका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । जित निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९, बाराका अनिश खतिवडाले कंचनपुरका संजीव भण्डारीलाई २१–१३, २१–१७, कंचनपुरका बिवेक चौधरीले मोरङ्गका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङ्गलाई २१–११, २१–७, नेपालगंजका सजल थापाले दाङ्गका सफिक ईद्रिसलाई २५–२३, २२–२०, चितवनका मनिष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कंचनपुरका हिमाल चन्दले ईटहरीका सुदर्शन गुरुङ्गलाई २१–१९, २४–२२ तथा ते¥हथुमका क्षितीज के.सी.ले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।
महिला एकल तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृती राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोश्रो चरणमा स्थान पक्का गरे ।
यस्तै पहिलो चरणमा जित निकाल्दै दोश्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङ्गको जोडी रहेका छन् । यसै गरि जेष्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाको जोडी तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीेले पनि दोश्रो चरणमा स्थान बनाए ।
मंसिर १ गते सम्म संचालन हुने प्रतियोगिताको एक कार्यक्रमविच संघीय प्रतिनिधी सभा साँसद जीवन राम श्रेष्ठ तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु – १७ पुरुष÷ महिला तथा भेट्रान्स ४५ बर्ष माथीको प्रतिस्पर्धा हुने छ । पुरुष र महिला एकल तर्फ तीन शिर्ष स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यु–१७ तर्फका शिर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्स तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ट्रफी, मेडल, प्रमाण पत्रका साथै खेला सामाग्री प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्स तर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।