सडक निर्माणका अवरोध हटाउने समझदारी
काठमाडौं, भूकम्पीय आकस्मिक सहायता आयोजना ईईएपी अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको छ । एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची काभ्रे–सिन्धुपाल्चोक० तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारको बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक हर राज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरु सार्ने ठेक्का लागिसकेकोले काम अघि बढाउने जानकारी दिनु भयो । उहाँले सडक विभागले पोलहरु सार्ने बिन्दुका बारेमा अग्रीम जानकारी दिए काम शीघ्र अघि बढाउन सहज हुने धारणा व्यक्त गर्दै धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहत निकायलाई निर्देशन दिने बताउनुभयो ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाइने जानकारी दिनु भयो ।
वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने जानकारी गराउनु भयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनर्निर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वय हुन आवश्यक रहेको धारणा व्यक्त गर्दै यी आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गर्नु भयो ।
भूकम्पीय आकस्मिक सहायता आयोजनाअन्तर्गत पाँचखाल–मेलम्ची सडकमा विद्युतका पोलहरु हटाउन तथा नापीबाट सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाउन बाँकी रहेको आयोजना निर्देशनालयले जनाएको छ । त्यसैगरी, धादिङ–गोरखा सडकमा पनि बिजुलका सबै हटाइसकिएका छैनन् भने मुआब्जा वितरण कार्यमा पनि सन्तोषजनक प्रगति भएको छैन ।
बैठकमा भूकम्पीय आकस्मिक सहायता आयोजनाका आयोजना निर्देशक सरोजकुमार प्रधान, एडीबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरीलगायतको उपस्थिति थियो ।
नेपाल दोस्रो चरणमा
ओलम्पिक महिला फुटबलको एसियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।
आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।
समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो ।
म्यानमारको याङ्गोनस्थित थुनुवा रङ्गशालामा नेपालले १७ औँ मिनेटमा कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुपर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा बङ्गलादेशकी अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान फिफा बरियताका आधारमा दोस्रो चरणका लागि छनोट भइसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टोली ओलम्पिकका लागि छानिनेछन् ।
दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मार प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेख खलेको थियो न नेलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।
नेपालले चीनमा रहँदा नेपालले कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।
नेपाली टोलीमा गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।
फिल्म ‘सुश्री सम्पति’को ‘झुम्की’मा प्रियंकाको नृत्य (भिडियो)
फिल्म ‘सुश्री सम्पत्ति’को दोस्रो गीत सार्वजनिक भएको छ।
तिहारको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश आइटम गीत ‘झुम्की’ सार्वजनिक भएको हो। सार्वजनिक गीतमा प्रियंका कार्की, सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत छिन्। सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मिना निरौला र राजन इशानकाे स्वर सुन्न सकिन्छ। सुव्रतराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिमन्यू निरवीको पटकथा रहेको छ।
सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा प्रियंका भने अतिथि भूमिकामा मात्र रहेकी छन्। फिल्म मंसिर २८ गतेबाट प्रदर्शनमा आउने छ।
सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ अब फिल्ममा, माघ २५ देखि प्रदर्शन
सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मका केही पाेस्टर सार्वजनिक गर्दै प्रेम दिवसकाे छेकाेमा प्रदर्शनको तयारी गरेको हो।
पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीलाई प्रस्तुत गरिएको छ। मुस्कान ढकालको निर्देशन रहेको फिल्म करिब एक वर्षअघि छायांकनका लागि फ्लोरमा निस्केको थियो।
निर्देशक ढकालले भने, ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो। अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं।
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा परिणत गरेका हुन् भने संवाद सुविन र सामीप्य मिलेर तयार गरेका हुन्। फिल्ममा आशिष र रेवतीको डेब्यु अभिनय रहेको छ।

