समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री

 

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।” प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको स्मरण गर्दै आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो । चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभएको थियो । गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभयो । “नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित छन्”, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा भट्टराईले भन्नुभयो, “भूकम्पपछिको पुनः निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ । –––

विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

काठमाडौं। हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ।  यस बर्ष को दिवस बिश्व समुदायले परिवार र मधुमेह भन्ने नाराका साथ मनाँउदैछ। सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ। संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ संस्थाहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले यो दिवसलाई मधूमेह सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले मनाउने गर्दछन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ। मधुमेहका बारेमा नेपालमा यकिन तथ्यांक नभएपनि करिब १० लाख मानिसमा मधुमेह रोग रहेको मधुमेह बिशेषज्ञहरुले अनुमान गरेका छन। नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन्। हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो संख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।

बिश्व स्वास्थ्य  संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार बिश्वभरि ४२ करोड वयस्कहरुमा मधुमेह रोग भएको पाइएको छ । सन् १९८० मा १० करोड हाराहारीमा मात्र मधुमेह रहेको   थियो । बिश्व भरिका १० मध्ये १ महिला मधुमेह को शिकार हुने गरेको छ  भनें हरेक ७ नवजात शिशुमध्ये १ ग्यास्टेशनल डायबेटिज का जन्मिने गरेका छन।

नेपालमा मधुमेह अर्थात चिनीरोगलाई बिगतमा धनीहरुको रोगका रुपमा लिइने गरेपनि  शारीरीक व्यायाममा कमी र अस्वस्थकर जीवनशैलीका कारण आम मानिसको रोग हुन थालेको छ। दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ। खानामा कार्वोहाइडेटको मात्रा बढि,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ।

विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था

दमौली,  विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताउनुभयो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताउनुभयो । “दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो । विद्यार्थी नियमित नआउने समस्या देखेपछि आकर्षण बढाउन खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाको व्यवस्थापनका लागि यस वर्ष रु २५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताउनुभयो ।

के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? छ भने सावधान !