कावासोती, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उहाँले जानकारी दिनुभयोे । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उहाँको भनाई थियोे । घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । –––
भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस
नयाँदिल्ली, भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ ।
पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् । प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ । सङ्कलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ । एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् । निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टीका लागि नेसनल इन्स्टीच्युट अफ भाइरोलोजी पुणेमा पठाएको छ । सिन्ह्वाबलात्कार पछि हत्या गरेको जिकिर
गाईघाट, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् ।
मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।
उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गर्नुभयो ।गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको उहाँले जानकारी दिनुभयो ।
सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ: एस पि सिंह
कार्तिक २५ काठमाडौं । प्रहरी राज्यले खटाएको प्रतिनिधी हो । हाम्रो मान्यता भनेको पुलिस जनतामा आधारित हुनुपर्छ, अनि कारवाही प्रमाणमा आधारित हुनुपर्छ । सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ । सेवा प्रभावकारी हुनुपर्छ । प्रहरी पनि आम नागरिक नै हो । काम गर्ने क्रममा कही कतै त्रृटी हुनसक्छ । त्यसलाई सच्याउने मौका दिनु पर्छ । एउटा घटना र वा प्रहरीलाई लिएर सिगंf] सगंठनलाई एउटै रुपमा हेर्न हुदैन । प्रहरी बाहेक मेरो परिचय भनेको म टेनिसको अन्तराष्ट्रिय खेलाडी पनि हु, मैले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय टेनिस प्रतियोगिता खेलेकोछु जितेर मडेल पनि लिएको छु । प्रहरी भनेको सदवै स्मार्ट हुनुपर्छ । प्रहरीको छवि राम्रो हुनुपर्छ,सबै निकायमा सस्ंथागत शुसासन बलियो हुनुपर्छ ।
प्रहरीको एउटै उद्देश्य आम नागरिकको जिउघनको सुरक्षा गर्नु हो । यसकै लागि प्रहरी अह्रोरात्र खटिएको हुन्छ । प्रहरी परिसर काठमाडौंले बिशेष गरी दशै, तिहार र छठलाई लछित गरी तीन तहमा विशेष किसिमको सुरक्षा योजना बनाएको थियो ।
यस अन्र्तगत काठमाडौं छिर्ने मुख्य नाका, चक्रपथ क्षेत्र र चक्रपथ भित्रको क्षेत्रलाई लछित गरी विशेष सुरक्षा योजना बनाएको थियो । अहिले हामीले काठमाडौं जिल्लामा मात्र ३ हजार ५ सयको हाराहरीमा प्रहरी खटाएको छौ । यो समुहले खटाएको क्षेत्रमा २४ औ घण्टा पहरा दिईरहेको छ । त्यहिकारण पनि पछिल्लो समय चोरी, लुटपाट लगायतका अपराधहरु,जुन चाडपर्वको समयमा अलि बढि हुने गरेको थियो त्यसमा निकै नै कमी आएको छ ।
हामीले दशैको समयमा मात्र बिगत बिगतमा काठमाडौंमा दैनिक १५ देखि २० वटासम्म चोरी र लटुपाटका घटनाहरु हुन्थे अहिले त्यो अवस्था छनै । चोरी र लटुुपाटका घटना लगभग शुन्य नै रहेको छ । प्रहरी भनेको समाजको र्इिन्जनियर हो, समाजलाई चुस्त दुरुस्त र शान्त र अपराध रहित बनाउने दायित्व सदैव प्रहरीमा रहेको हुन्छ । प्रहरी भनेको समाजमा रहेको सम्पुर्ण समस्या समाधान गर्न सक्छ ।
चोरी, लटुपाट, डकैती जस्ता घटनामा सलंग्न भएका एक सय १४ जनालाई मुद्धा चलायो । यिनीहरुलाई मुद्धा चलाउनुकोे एउटै उद्देश्य भनेको सभांवित अपराधलाई ध्यानमा राखेर चाडपर्वको सममा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन हो । यि व्यक्तिहरुलाई मुद्धा चलाए पश्चात दशैको समयमा चारेी र लुटपाटका घटना लगभग शुन्य जस्तै भएको छ । अहिले काठमाडौमा गुण्डागर्दी खासै छैन् । बिगतका जसले गुण्डागर्दी गरे ति कुनै व्यवसायको आडमा भएको थियो । अहिले त्यो अवस्था छैन् ।
प्रहरी राज्यले खटाएको प्रतिनिधी हो । हाम्रो मान्यता भनेको पुलिस जनतामा आधारित हुनुपर्छ, अनि कारवाही प्रमाणमा आधारित हुनुपर्छ । सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ । सेवा प्रभावकारी हुनुपर्छ । प्रहरी पनि आम नागरिक नै हो । काम गर्ने क्रममा कही कतै त्रृटी हुनसक्छ । त्यसलाई सच्याउने मौका दिनु पर्छ । एउटा घटना र वा प्रहरीलाई लिएर सिगंो सगंठनलाई एउटै रुपमा हेर्न हुदैन । प्रहरी बाहेक मेरो परिचय भनेको म टेनिसको अन्तराष्ट्रिय खेलाडी पनि हु, मैले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय टेनिस प्रतियोगिता खेलेकोछु जितेर मडेल पनि लिएको छु । प्रहरी भनेको सदवै स्मार्ट हुनुपर्छ । प्रहरीको छवि राम्रो हुनुपर्छ,सबै निकायमा सस्ंथागत शुसासन बलियो हुनुपर्छ ।