सरोज स्मृति प्रतिष्ठान गठन

पोखरा,युवाउद्यमी तथा सामाजिक ब्यक्तित्व  स्व सरोज अधिकारीको सम्झनामा पोखरा ३३ बागमारामा सरोज स्मृति प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा  तिलक प्रसाद अधिकारी,उपाध्यक्षमा मनोजबहादुर कार्की,सचिबमा गोपीराज अधिकारी तथा कोषाध्यक्षमा बिना पगेनी अधिकारी रहेका छन ।सदस्यहरुमा दधिराम पौडेल,रामबहादुर पुन,,बिष्णुप्रसाद आचार्य,ऋषिमाया लामिछाने तथा दुर्गा केसी छन। बिभिन्न सामाजिक कार्य गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो । उद्योग ब्यबसाय,राजनीती तथा समाजसेवामा सक्रिय अधिकारीको मनाङ्गको तिलिचो ताल भ्रमणको क्रममा गत कार्तिक ७ गते ३४ बर्षको उमेरमा निधन भएको थियो । अधिकारी नेपाली काँग्रेसका वडा सहसंयोजक,लेखनाथ उद्योग बाणिज्य संघका  कार्यसमिति सदस्य तथा पर्यटन,कृषि,सहकारी,शिक्षा,लगायत बिभिन्न क्षेत्रमा आबद्ध थिए। अग्रज ब्यक्तित्व बाबुराम अधिकारीको अध्यक्षतामा भएको भेलाले प्रतिष्ठान गठन गरेको हो ।

६ सहसचिवलाई सचिव बनाएर बिभिन्न आयोगमा खटाईयो

  काठमाडौं ,सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत ६ सहसचिवलाई सचिव बनाएर बिभिन्न आयोगमा खटाएको छ  । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ६ संवैधानिक आयोगका लागि कर्मचारी खटाउने निर्णय गरेको हो। सरकारले दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार प्रसाद पनेरु, मधेशी आयोगमा भुपाल बराललाई खटाउने निर्णय गरेको भने आदिवासी जनजाति आयोगमा रुद्र सिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई कार्यभार तोकेको छ । संविधान जारी भएसँगै गठन हुनुपर्ने यस्ता आयोग गठन सम्बन्धी विधेयक नै करिब डेढ वर्षपछि जारी हुँदा संविधान जारी भएको तीन वर्षपछि बल्ल पदपूर्ति गरिएको हो । ऐन जारी भएपछि उक्त आयोगमा पदाधिकारी नियुक्त सुरु हुनुपर्नेमा गत भदौ ५ गते मात्र गठनको प्रक्रिया थालिएको थियो । २०७२ असोज ३ मा जारी नयाँ संविधानले ८ वटा संवैधानिक आयोगहरु रहने व्यवस्था गरेको छ।

किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा

 

बेत्रावती, नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ । बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पु¥याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो । घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ । कात्तिक २१ गते लक्ष्मीपूजाका दिन देउसी खेल्न भनी घरबाट हिँडेका ती किशोरीलार्ई भारतमा राम्रो काम मिलाइदिने भनी फकाएर नुवाकोटबाट सुर्खेत पु¥याएपछि प्रहरीले गत शुक्रबार उद्धार गरी आइतबार नुवाकोट ल्याएको थियो ।

चर्चाको शीखर चुम्दै चलचित्र बुलबुलको गीत

  कुनै पनि विधाको विधागत विकासका लागि प्रवल इच्छाशक्ति भएका र सम्वन्धित विषयको अध्ययनमा पोख्त व्यक्तिहरुको समावेस गर्न सकियो भने सो विधाको विकास र विस्तारमा फड्को मार्न त्यति समय लाग्दैन।नेपाली चलचित्र क्षेत्रको एेतिहाँसिक विकासक्रम हेर्दा केहि चलचित्र वाहेक प्राय चलचित्रहरु रहरले वनाएको देख्न सकिन्छ।तर विगत केहि वर्ष देखि चलचित्र क्षैत्रमा चलचित्र विषयनै पढेका व्यक्तिहरुको सहभागिता गराई गहन अध्ययन र अनुसन्धानका साथ चलचित्र निर्माण गर्ने क्रम वढ्दै गएको छ जसले गर्दा हाम्रा चलचित्रले पनि अन्तराष्ट्रिय वजारमा समेत केहि न केहि स्थान पाउने गरेका छन्।
यतिवेला नेपालको एक मात्र प्राज्ञिक कलेज,ओस्कार इन्टरनेशनल कलेज कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल विनोद पौडेलको लेखन निर्देशनमा वनेको चलचित्र बुलबुलझको गीत निकै चर्चामा रहेको छ जसमा टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराइएको छ। भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जना कोरस सहित छाँयाकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । यस गीतमा निश्चल वस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् चलचित्रमा स्वस्तिमा खडकाका अलावा नव नायक मुकुन भूषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ। अविरल थापा,भिम थापा,राजु पौडेल र पुरुसोत्तम पाण्डेको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा रामराजा दाहाल र छायँकारको रुपमा पछिल्लो समयका चर्चित छाँयाकार सुसन प्रजापती रहेका छन्।चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते रिलिज डेट सार्वजनिक गरिसकेको छ भन्ने कुरा हामीलाई निर्माता अविरल थापाले वताएका छन्। आशा गरौं चलचित्र विषयनै पढाउने संस्थाका मुख्य व्यक्तिले वनाएको सृजना अवश्य पनि राम्रो हुनेछ।हाम्रो तर्फवाट बुलबुलझयुनिटलाई शुभकामना।