पोखरामा आफ्नै श्रीमतीको हत्या गरी फरार घर्ती रुपन्देहीमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुर्गाबहादुर घर्तीलाइ कास्की प्रहरीले पक्राउ गरेको छ । हत्या पछि फरार रहेका घर्तीलाई रुपन्देही प्रहरीको सहयोगमा रुपन्देहीमा   पक्राउ गरिएको हो । गत कार्तिक २२ गते पोखरा २७ रिठ्ठेपानीडाँडा स्थित घरमा डेरा गरी बस्ने बर्ष ३२ की शर्मिला घर्तीको उनका श्रीमानले हत्या गरेका थिए। हत्यारा पत्ता लगाउनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गुरुङ्गको कमाण्डमा ५ सदस्यीय टोलि गठन गरेको थियो । गुल्मीको साबिक सिर्सेनी गाबिस  वडा नं ८ स्थायी घर भई बिगत २ बर्ष देखि पोखरा २७  रिठेपानी मा डेरा गरी बस्दै आएका घर्ती एक ग्रिल उद्योगमा कार्यरत थिए।

कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र संकटमा : काँग्रेस नेता साउद

  कैलाली । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र संकटमा परेको  बताएका छन । आइतबार धनगढीमा नेपाल प्रेस यूनियन कैलालीको ५ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता साउदले ने क पा नेतृत्वको सरकार संस्थागत भ्रष्टाचार, मूल्यवृद्धि लगायतका जनविरोधी काम गर्दै आएको भन्दै अब कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समेत बताए। ने क पा भित्र अन्तरबिरोध बढेको छ भन्दै नेता साउदले   दुइ तिहाई जनमत प्राप्त गरेको सरकारले स्थिरता ल्याउन नसकेको पार्टीभित्र बढेको अन्तरबिरोधले  हो उनले  भने, ‘‘सरकार आफै संस्थागत भ्रष्टाचारमा डुबेको छ । मूल्यवृद्धि, हत्या–हिंसा बढेको बढ्यै छ । यस्तो अवस्थामा कदापि समृद्धिको कल्पना गर्न सकिन्न । अब हामी महासमिति बैठक पछि एकजुट भएर सडक र सदनबाट आन्दोलन चर्काउँछौं साउदले भने । ‘‘ आफ्नो जिल्ला भ्रमणको क्रममा काँग्रेसका  नेता–कार्यकर्ताहरुले  पार्टी एकजुट र एकढिक्का हुनुपर्ने मनोभावना ब्यक्त गरेका छन भन्दै उनले  कार्यकर्ताको  मनोभावनाको कदर गरेर अव पार्टीभित्रको गुटबन्दी पूर्णरुपमा निस्तेज पार्न आवस्यक रहेको उल्लेख गरे  । सुदूरपश्चिम प्रदेशको राजधानी  को सन्र्दभामा उनले गोदावरीको जंगलमा राजधानी  बनाउनु उपयुक्त नभएको पनि जिकिर गरे । गोदावरीको जंगल मासेर राजधानी बसाउँदा सुदूरपश्चिम आर्थिक रुपमा झन पछाडि धकेलिने साउदको भनाइ थियो । ‘‘

पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुग्यो,बिश्वभर स्मृति कार्यक्रम

काठमाडौं । पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुगेको छ । आइतबार पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पूरा गरेको अवसरमा विश्वभर स्मृति कार्यक्रम गरि मनाइँदै  छ।   आइतबार पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकी पुगेको हो । शनिबार शतवार्षिकीको पूर्वसन्ध्यामा बेलायतको रोयल अल्बर्ट हलमा स्मृतिसभाको आयोजना गरिएको हो । वार्षिक स्मृति सम्मेलनमा बेलायती महारानी एलिजावेथका साथमा प्रिन्स ह्यारी पनि सहभागी भएका थिए । सो सम्मेलनमा बेलायती प्रधानमन्त्री थेरेसा मे पनि सहभागी भएका थिए । सैन्यबल च्यारिटीले यो सम्मेलन आयोजना गरेको थियो । यो सम्मेलनमा विश्वचर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । पहिलो विश्वयुद्ध १९१४ जुलाई २८ बाट सुरु भई १९१८ नोभेम्बर ११ मा सकिएको थियो । यो विश्वयुद्धमा सात करोड सैनिकहरु परिचालन गरिएको थियो, जसमा छ करोड युरोपियन सैनिकहरु रहेका थिए । यो युद्धमा ९७ लाख सैनिकहरु र एक करोड सर्वसाधारणहरुले ज्यान गुमाएका थिए । एजेन्सी

हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन धर्ना : यज्ञराज पन्त

कञ्चनपुर ।छोरीको  बलात्कारपछि हत्या भएको ४ महिना हुन लागिसक्यो ,सरकारले हत्यारालाई पक्राउ गरि कार्वाही गर्न सकेको छैन । बाध्य भएर  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्यायको खोजीमा अनिश्चितकालीन धर्ना सुरु गर्दैछन् ।निर्मलाका बुबा यज्ञराज पन्तले सरकारलाई दबाब दिन आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने बताए । धर्ना बस्नुअघि महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा  परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुग्ने कार्यक्रम रहेको बताइएको छ । गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो । निर्मला हत्याकाण्ड पत्ता लगाउन बिभिन्न समिति बने पनि समितिले  आज सम्म हत्यारा पत्ता लागाउन सकेको  छैन । धर्ना कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुने निर्मलाका बुबा यज्ञराज पन्तले बताए।