मुस्ताङ, उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ । सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवनलगायतका पूर्वाधार निर्माण गरिएको छ । क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने जनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको बताउनुभयो । क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रजिअ क्षेत्रीको भनाइ छ । सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । –––
रोकिराखेको ट्रकमा बस ठोक्कदा ११ जना घाइते ,दुई जनाको अवस्था चिन्ताजनक
कावासोती, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्“िकदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । घाइते तीन जनाको नया“ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । –––
तुलाधरको योगदान राष्ट्ले सदा स्मरण गरिरहने : राष्ट्रपति भण्डारी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवार प्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्ले सदा स्मरण गरिरहने उल्लेख गर्नु भएको छ ।मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतवार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।
जीवन सुखी बनाउन संसर्गका केही टिप्सहरु
एजेन्सी। सेक्स पति पत्नी बिचमा अनिवार्य आवश्यक्ता हो । जीवन सुखी बनाउन सेक्स जीवनमा रमाउनु जरुरी रहेको छ । तर हाम्रो समाजमा अनैतिक सेक्सका कारण समस्याहरु थपिएका छन् । त कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी बढ्दै पारपाचुके सम्म भएका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् ।
सेक्सलाई स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ तर यो जान्न आवश्यक छ कि सेक्समा आन्नद लिन सहि तरिका अपनाउनु जरुरी छ । तपाई सेक्सका साधारण टिप्स अपनाएर सेक्स जीवनलाई आन्नदमय वनाउन सक्नुहुनेछ । अझ आफ्नो पहिलो सेक्सलाई जीवनभर अविश्मरणिय बनाउन केही सावधानी अपनाउनु अपरिहार्य छ । सेक्सगर्नु पूर्व सेक्सका विषयमा गफ गर्नु राम्रो हुनेछ । यसले सेक्स क्रियामा महत्वपूर्ण भुमिका खेल्नेछ । यसवाट तपाई सेक्सको भरपुर आन्नद लिन सक्नुहुनेछ । सेक्स एउटा कला पनि हो, कला प्रस्तुत गर्दा हतार नगरी एक अर्काको भावना बुझेर सेक्समा डुब्ने प्रयास गर्नुपर्छ, कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ । आजकलका युवायुवती इन्टरनेटको माध्यमबाट सेक्सका विकल्पहरु हेर्ने गर्दछन्, यस्तो किल्पहरुको नक्कल गर्ने प्रयास नगर्नु नै राम्रो हुनेछ ।धेरै जसो पतिपत्नीमा पतिले सेक्सको प्रस्ताव राख्ने गर्दछन् तर तपाई यस्तो माहोल तयार गर्नुस कि उनी आफैले सेक्सको लागि प्रस्ताव गरुन् । सेक्सको असली मज्जा लिनको लागि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्ने, कानको पछाडि भाग छुने, ढाँडमा सुमसुमाउने लगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई पुरै उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु राम्रो हुन्छ । यहाँ यो बुझ्नु जरुरी छ कि कतिपय पुरुषहरु आफ्नो मात्र उत्तेजनाको ख्याल गरेर पत्निलाई सन्तुष्टी दिइरहेका हुदैनन् । यस्तो अवस्थामा प्राक्क्रीडालाई ध्यान दिएर पत्नीपूर्ण उत्तेजक भएपछि मात्र यथेष्ट समय दिइ एक अर्काको भावना बुझेर सेक्स गरिए सेक्सका कारण पतिपत्नीमा हुने असमझदारी हट्न गई दाम्पत्य जीवन सुखमयी हुनेछ । कतिपय मान्छेहरु सेक्स क्रिडा सकिएपछि तुरुन्तै अलग्गै हुने गर्दछन् । यसले पनि दाम्पत्य जीवनमा असर पार्दछ , तसर्थ सेक्सक्रिडा सकिएपछि पनि केही समय सगै रहेर दु:ख सुख्ख र भावी योजनाकोबारेमा कुरा गर्ने बानी बसाले दाम्पत्य जीवन सुखमयी बनाउन सहज हुने बिज्ञहरु बताउदछन् । एकातिर राम्रो सेक्स जीवनको लागि स्वास्थ्य हुनु जरुरी छ जसको लागि खानेकुरा, कसरत र पुर्ण निन्द्रालाई प्राथमिक्ता दिन आवश्यक छ । अर्को तर्फ स्वास्थ्य हुन सहि तरिकाले सेक्स गर्नु पनि जरुरत भएको कतिपयको भनाई रहेको छ । सेक्सका यी साधारण टिप्सलाई मनन गरेर अपनाए तपाई पतिपत्नी बिचका असमझदारी हटेर सेक्सको मज्जा लिन सक्नुहुनेछ ।