पोखरा १८ का रामचन्द्र नेपालीको शव सेफ्टी ट्याङ्कीमा फेला
युथ एथ्लेटिक्स प्रशिक्षण सम्पन्न
जुनियर खेलाडीमा रहेको प्रतिभालाई स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित युथ एथ्लेटिक्स प्रशिक्षण शिविर आज सम्पन्न भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई मध्य नजर गर्दै प्रतिष्ठानले राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १० दिने प्रशिक्षण दिएको थियो । परिषद्ले विसं २०७२, २०७३ र २०७४ मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई सहभागी गराई प्रशिक्षण दिएको हो । यही कात्तिक १० गतेदेखि शुरु भएको प्रशिक्षण आज सम्पन्न भएको परिषद्ले जनाएको छ । प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका ७२ खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, उसु र एथ्लेटिक्समा पहिलो भएका खेलाडीलाई सम्बन्धित खेलका प्रशिक्षकले सो प्रशिक्षण दिनुभएको थियो । कराते खेलाडीलाई गङ्गाराम महर्जन र कुशल श्रेष्ठ, तेक्वान्दोलाई नवीनकुमार श्रेष्ठ र हीरा थापा, एथ्लेटिक्सलाई चन्द्र गुरुङ, धनिराम चौधरी, राकेश बज्राचार्य र पद्मा चौधरी तथा उसुलाई गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिनुभएको थियो । तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा तथा एथ्लेटिक्सको प्रशिक्षण मूलपानीस्थित क्रिकेट मैदानमा भएको थियो । राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्यले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकूदसम्म खेलाडीले नतिजामूलक उपलब्धि हासिल गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । प्रशिक्षणमा सहभागी चारै खेलका उत्कृष्ट खेलाडी छनोट गरी समापनकै अवसरमा पुरस्कृतसमेत गरिएको थियो । करातेको पुरुषमा अनिश लामा र महिलामा विमला नेपाली तथा उसुको पुरुषमा प्रवीण लामा र महिलामा अस्मिता श्रेष्ठ उत्कृष्ट चुनिए । तेक्वान्दोको पुरुषमा शैलेश गिरी र महिलामा आयशा लामा तथा एथ्लेटिक्सको पुरुषमा विकास खाँड ठकुरी र महिलामा जयरानी थारु उत्कृष्ट घोषित भए । उत्कृष्ट सबैले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे । सहभागीलाई राखेपका कोषाध्यक्ष कर्माचार्य, प्रतिष्ठानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टोली तयारीका निर्देशक अर्जुन विकलगायतले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
जबर्जस्ती करणीको आरोपमा घिमिरे पक्राउ
पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजूरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त घिमिरे मादी गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए ।