३७ किलो चरेससहित तीन पक्राउ

धानमा दाना नलागेपछि कृषक चिन्तित

पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो । किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए । स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए । नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उहाँका अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ । “पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ”, उहाँले भन्नुभयो, “यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिश भयो बुझ्नुपर्छ ।” पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उहाँले भनाइ छ ।

प्रसाद ट्रेलरः विपिन र नम्रताको प्रेममा निश्चल बाधक [भिडियो]

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा अभिनेता निश्चल बस्नेत पनि प्रमुख भुमिकामा देखिएका छन्।

शुक्रबार साँझ रियालिटी सो नेपाल आइडल कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा विपिन र नम्रताको प्रेममा निश्चल बाधक बनेको देख्न सकिन्छ। प्रेम, मिलन र पारिवारिक माहोलबीच सन्तान अवाभले मानसिक रुपमा पिरोलिएका दम्पतीहरुको कथा फिल्ममा प्रस्तुत गरिएको छ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’को कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्। सुबास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिचेका छन्।

लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदीले सह-निर्देशकका रुपमा काम गरेका छन्।

हत्यारालाई कारवाही हुनुपर्छ ः नेता निधि