‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स भिडियो सहित

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ । गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ । चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ । साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ । चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ । साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । चलचित्रमा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।

बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि

चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो । खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ आँै मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो । प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ । अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुग्नुभएको थियो । विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । मनाङ मस्र्याङ्दी क्लबलाई गभर्नस गोल्डकपको उपाधि यसैगरी मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए । क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

के तपाइ शिक्षक,कर्मचारी वा बिश्वबिद्यालयका प्राध्यपाक हुनुहुन्छ ?हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ  । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ । त्यस्तै, कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ । शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल प्रयोग र अनुगमनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । शिक्षकलाई कक्षाकोठामा पढाइमा असर पुग्ने गरी मोबाइल फोन प्रयोग नगर्न भनिएको छ । मार्गनिर्देशनमा उल्लेख भएविपरीत कार्य गर्ने शिक्षक–कर्मचारीलाई कारबाही गर्न मन्त्रालयले सम्बन्धित निकायलाई सिफारिस गर्ने शिक्षा सचिव बरालले बताए । कुनै कारणवश खिचेमा स्वीकृति नलिई सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्न र लाइक गर्नसमेत रोक लगाइएको छ । क्यामेराले फोटो खिच्न पाइने वा नपाइने विषयमा भने मार्गनिर्देशन मौन छ । बिनाअनुमति अपलोड, टिप्पणी, लाइक र सेयर गरे प्रतिलिपि अधिकार र व्यक्तिगत गोपनीयताको हकविरुद्ध कार्य गरेको भनी आवश्यक कारबाही अघि बढाउने मन्त्रालयले चेतावनी समेत  दिएको छ ।