तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै
साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो । पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।
महिलाहरुले हलो जोत्न थाले
राजेन्द्र कार्की जाजरकोट ।महिलाहरले हलो जोत्न हुदैंन भन्ने परम्परागत मान्यतालाई चिर्दे जाजरकोट जुनीचाँदे ४ लुहादहका महिलाहरुले हलो जोत्न थालेका छन। गाँउका पुरुषहरु मजदुरी गर्न भारत गएपछि महिलाहरु आफैले हलो जोतेर बाली लगाउने गरेका हुन । तत्कालिन माओवादीको आधार इलाकाको रुपमा रहेको यस वस्तीमा त्यतिवेला देखि नै महिलाहरुले हलो जोत्ने शुरुआत गरेका हुन ।