





अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक÷एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो । खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ आँै मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो । प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ । अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुग्नुभएको थियो । विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । मनाङ मस्र्याङ्दी क्लबलाई गभर्नस गोल्डकपको उपाधि यसैगरी मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए । क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।
जितसंगै शरद भेषवाकरको पोखरा शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ । पारस खड्काको चितवन दोस्रो र ज्ञानेन्द्र मल्लको काठमाडौंले तेस्रो स्थानमा रहेर एलिमिनेटर (प्लेअफ) मा स्थान बनाएका छन् ।
दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुज, सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ ।
पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको थियो । यस्तो अवस्थामा अन्तिम दिनसम्म फाइनल र प्ले अफ पुग्ने टोलीको टुङ्गो लागेको थिएन ।
फाइनल र प्ले अफ समीकरण अन्तिम दिनसम्म रोमान्चक मोडमा पुगेको थियो ।अन्तिम दिनको दुई खेल बाँकी रहदा सहभागि ६ वटै टोलीको फाइनल र प्ले अफ पुग्ने सम्भावना रहेको थियो ।
शनिबारको खेलपछि पोखराले ५ खेलबाट ३ जित र दुई हार व्यहोर्दै ६ अंक जोड्यो । र, पोखराले नेट रन रेटको आधारमा शीर्ष स्थान हात पार्यो । शीर्ष स्थान हात पारेसंगै प्रतियोगिता नियम अनुसार मंगलबार हुने फाइनलमा स्थान पक्का गर्यो ।
यस्तै विराटनगरलाई हराएसंगै चितवनले ५ खेलबाट ३ जित र दुई हारसंगै ६ अंक नै जोड्यो । तर, चितवन नेट रन रेटमा पोखरा भन्दा पछि रह्यो । जसको कारण चितवनले प्ले अफ खेल्नु पर्यो ।
अब चितवनले आइतबार प्ले अफमा काठमाडौंसंग खेल्नेछ । अन्तिम खेलमा पराजित भएपनि काठमाडौंले ५ खेलबाट ६ अंक नै जोड्यो । र, एक्स्पर्ट धनगढीभन्दा नेट रन रेटमा माथि रहदै काठमाडौंले प्ले अफमा स्थान बनाउन सफल भयो ।
यता, ५ खेलबाट ६ अंक जोडेर पनि चौथो स्थानमा रहदै धनगढी प्रतियोगिताबाट बाहिरियो । यस्तै सुरुवातमा लगातार दुई जित निकालेको बुटवलले ५ खेलबाट ४ अंक जोड्दा प्लेअफ यात्रा तय गर्न सकेनन् । सुरुवातबाटै खराब लयमा देखिएको विराटनगर ५ खेलबाट २ अंक जोडेर अन्तिममा रहदै प्रतियोगिता सकाएको छ ।