छ लाखसहित ११ जना जुवाडे पक्राउ

बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ पण्डितलगायत रहेका छन् ।

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

 

 इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

फोन गर्न रुख र डाडोको खोजीमा

राजेन्द्र कार्की । जाजरकोट बर्दिया स्थित एक स्वास्थ्य संस्थामा ल्याव टेक्निसियन अध्ययनरत जुनीचाँदे ४ कोर्ताङ्गकी मीना शाहीलाई घरमा सम्पर्क गर्न निकै कठिन हुने गरेको छ । घरमा आएको बेला पनि सहज तरीकाले फोन लाग्दैन । नमस्तेको फोनले कामै गदैन भने स्काईको फोनले दिउँसो मात्र अलिअलि काम गर्छ । त्यही पनि कि त रुखमा चढ्नु पर्छ कि अग्लो डाँडामा जानु पर्ने बाध्यता छ । होचो भुभागमा फोन लागेपनि कुराकानी बुझिदैन । फोनको टावर गतिलो नटिपेर  कुरा नवुझिने भएपछि शाही फोनको टावर टिपाउन रुख र डाडोको खोजीमा  जाने  गर्छन् ।  रुखमा नचेढे  या अग्लो  स्थानमा  नगए सम्म फोनमा कुरा गर्न पाइदैन, उनले भनिन । गाउँमा भएको  स्काइ फोनको टावर विग्रेर सेवा गतिलो नहुदा  आफुहरु  फोन गर्दा रुख र डाडोको खोजीमा हिड्ने गरेको शाहीको  भनाइ  छ ।  यस्तै  सोहि गाउँपालिकाको  वडा नम्वर ४ का बलबहादुर खड्काको समस्या पनि  त्यहि छ । फोन आयो भने घरमा वस्नै पाइदैन  टावर टिप्ने  ठाउँको खोजीमा  जानु पर्छ ।  फोन आयो भने  गाउँका अग्लो स्थानतिर  कि  रुखको टुप्पोमा  गएर कुरा गर्नुपर्छ   नत्र कुरा केही वुझिदैन, खड्काले भने । उनीहरु मात्र होइन  जुनीचाँदे गाउँपालिकामा फोन प्रयोग गर्ने सवै सर्वसाधारणको समस्या  हो  यो । नेपाल टेलिकमको  स्काइ  सेवा मात्र केहि सिमित स्थानमा भएको जुनीचाँदेका  २५ हजार  जनताले  सन्चारको असुविधाका कारण   ठुलो सास्ती वेहोर्नु परेको  स्थानीय कर्ण कार्कीले वताए ।  उनले  जुनीचाँदे २ मजकोटमा रहेको नेपाल टेलिकमको  टावरले काम नगर्दा  फोन गर्न  रुख र  डाँडोको खोजी गर्नु परेको  वताए ।  पावर अभाव र टेलिकमका कर्मचारीहरुको  लापरवाहिका कारण जुनीचाँदेका जनताले टेलिफोनको  गतिलो सुविधा पाउन नसेकेको वताए । पुरै गाउँपालिका भरि  स्काइ फोनको मात्र  पहुच भएको भनिए पनि  सेवा भरपर्दाे  नभएको  स्थानीयको  गुनासो  छ । टेलिकमले  गाउँपालिकाको वडा नम्वर  ५ गर्खाकोट र अन्य स्थानमा  नमस्ते मोवाइलको टावर सर्वे गरेको दुइ तीन वर्ष वितेपनि  अहिले सम्म कामको कुनै सुरसार नभएको  वडा नम्बर ५ मालिका बस्नेतले वताइन । उनले  गाँउको पिडा वोलिदिने नेता र  पहुच भएको मान्छे नभएका कारण आफुहरुले सन्चारको असुविधाले सारै पिडित भएको वताए ।   गाउँपालिकाका  विभिन्न स्थानमा रहेको स्काइ फोनको टावर  निर्माण  तथा मर्मत  सुधारका लागि  सरोकारवाला निकायमा  वारम्वार ताकेता गरेपनि  सुनुवाइ नभएको  गाउँपालिकाका अध्यक्ष  कृष्णवहादुर केसीले वताए । उनले  आफुहरुले लिखित र मौखिक रुपमा  धेरै पटक  नेपाल टेलिकम र अन्य निकायमा आग्रह गरेको तर सुनुवाइ नभएको वताए । गाउँ कार्यपालिकाको वैठकले पनि निर्णय गरेर सम्वन्धित निकायमा फोन सेवाको सुधार र विस्तारको लागि  आग्रह गरिएको तर सुनुवाइ नभएको अध्यक्ष केसीले वताए । नेपाल टेलिकमको जाजरकोट कार्यालयका निमित्त प्रमुख लोकेन्द्र भण्डारी जुनीचाँदेको  फोन सेवा पावर अभावमा  गुणस्तरहिन भएको र टावर सन्चालनका सोलार व्याट्री फेर्न टेलिकमको क्षेत्रिय कार्यालय नेपालगन्जमा वारम्वार पत्राचार गरेपनि सुनुवाइ नभएको वताए ।  उनले  मजकोट लगाएतका टावरहरुमा  पाँच वर्ष पुराना सोलरका व्याट्रीहरु रहेको  र ती व्याटीहरु काम नलाग्ने जस्तै भइसकेको वताए । उनले  भने ‘गर्खाकोट लगाएतका स्थानमा वन्ने नमस्ते मोवाइलका टावरहरु  यस आर्थिक वर्षमा निर्माण सुरु गर्न सम्झौता भइसकेको छ । आशा गरौ अव छिटै काम हुन्छ कि ।’  जिल्लाको सवै भन्दा  विकट र दुर्गम गाउँपालिकाको  रुपमा रहेको  जुनीचाँदे गाउँपालिकामा  फोनको सेवा  भने निकै कष्टपुर्ण रहेको  स्थानीय जनताको गुनासो  छ । फोनको सुविधा समेत दिन नसकेको भन्दै  जुनीचाँदेका स्थानीयहरुले  जनप्रतिनिधिप्रति तिव्र आक्रोस पोख्न थालेका छन् ।

अधिकांश पसलमा अखाद्य मिठाई

  भक्तपुर,  भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड ९एसिड० बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएकोे उक्त वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर ९मिठाई० पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलमा अनुगमन गरी त्यस्ता खान अयोग्य हुने मिठाई र प्रयोग गरिएका रङ्ग जफत गरेको थियो । यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय ठिठाइ पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र रु ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताउनुभयो । –––