संचारकर्मी धम्क्याइएकोप्रति प्रेस युनियनको आपत्ति
काठमाडौं । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्र्सना गरेका छन्।
भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ विज्ञप्ति मा भनिएको छ ।
यस्तो छ विज्ञप्ति
मितिः २०७५ कार्तिक ११
प्रेस विज्ञप्ति
समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ। सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउन पनि पूर्व अनुमति लिनुपर्ने भन्दै धम्क्याइनु निन्दनीय छ। सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको रुपमा युनियनले लिएको छ। जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलय गोप्य सयन कक्ष हैन भन्ने कुरा निर्देशक साहले बुझेर पनि बुझ पचाएको देखिएको छ। व्यक्तिगत प्रयोगजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गरेर सञ्चारकर्मीलाई हतोत्साहि बनाउने कार्यको युनियन निन्दा गर्दछ। सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउने लगायतका पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्विकार्दै क्षमायाचना गर्न युनियन आग्रह गर्दछ। अन्यथा युनियन निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छ। धन्यवाद। जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव
काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्
–शुरबहादुर सिंह
जुम्ला, अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।
थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा ९चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो० रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।
“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ््न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पु¥याइएको रमिलाका मामा ज्योति गिरीले बताउनुभयो ।
“सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भन्नुभयो, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उहाँले दुःख प्रकट गर्नुभयो । बुमीको उपचार गर्न हालसम्म रु सात लाख खर्चेको उहाँले जनाउनुभयो ।
लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने डे«सिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे सपाङ्ग रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधँैका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।
सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताउनुभयो । अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।
हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ ।
–––
घाँटी रेटी हत्या
मुकेश यादव बारा,
बारामा शनिबार सांझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका(२३ कोइरिया टोलकाकरिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताएका छन । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।
काठमाडौँ रोएल्सको पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात
भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ ।
सबैले एक(एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
नरेश बुढाऐरले २४ बल खेल्दै समान २ छक्का र चौका प्रहार गर्दै नटआउट २८ रन जोडे। जयकिशन कोल्सावालाले २५ रन जोडे।
धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले १÷१ विकेट लिए ।
धनगढीका लागि कप्तान दीपेन्द्रले अर्धशतकिय पारी खेले पनि जित दिलाउन सकेनन् ।
धनगढीले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । सन्दीप जोरनले २७ रन जोडे।
काठमाडौँका अमर सिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले २÷२ विकेट लिए ।
आजै भएको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।
१३६ रनको लक्ष्य पछ्याएको चितवन १६ दशमलब ५ ओभरमा ६५ रनमा अलआउट भयो ।
चितवन राइनोजका कोहि पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।
यसअघि बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो ।
बुटवलका लागि सागर पुनले ४६ रन , शंकर रानाले ४८ रन र सिद्धान्त लोहनीले १७ रनको योगदान गरे । कप्तान सोमपाल कामी ६ रनमा नटआउट रहे । चितवनका लागि करन केसिले दुई विकेट र शक्ति गोचनले एक विकेट लिए ।