पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा अधिकारी चयन
पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन
भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिव दिपक पहारी, सचिव अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, समित के।सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल केसी, सन्तोष अधिकारी,प्रकाश लामीछाने, अजय थापा, विष्णु पौडल र सुमन के।सी चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि अधिकारीले सिडनी मात्रै नभई अष्टेलियामा रहेका हरेक नेपालीको समस्या तथा उनीहरुको समृद्धिका लागि हरपल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरामा लामो समय पर्यटन र खेलकुदको क्षेत्रमा कार्य गरेका समाजसेवी अधिकारी एक दशक भन्दा वढि समयदेखि अष्टेलियामा पनि खेलकुदको क्षेत्रमा उत्तिकै सक्रिय छन् ।
अधिकारीको पहलमा २०७२ सालमा कास्कीको भदौरे तामागी र लुम्लेको पहिरो पीडितहरुको लागि राहत वितरण गरिएको थियो । साथै अधिकारीकै पहलमा पोखराको ठूलाखेतमा स्वास्थ्य शिविर पनि भएको थियो ।
सन् २०१० मा धु्रव गुरुङको अध्यक्षतामा स्थापना भएको समाजले अष्टेलियामा रहेका पोखरेलीहरुको समस्या र समृद्धिका लागि कार्य गर्दै आएको छ । उच्च शिक्षा र रोजगारीका लागि त्यहाँ गएका पोखराका नेपालीहरु संगठीत भएका छन्, यो निकै राम्रो हो एनआरएनए अष्टेलियाका सचिव देव गुरुङले वताउनुभयो ।
उच्च शिक्षा र रोजगारीका लागि आफ्नो गाँउ ठाँउ छाडी यहाँ आएका पोखरेलीहरुको लागि संस्था नै खोलेर संगठित हुनु सवैका लागि उदारहणीय कार्य भएको एनआरसीका अध्यक्ष विष्णु हमालले वताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष अधिकारीले वडा दशै तथा तिहार लगायतका सवै चाडपर्वको शुभकामना पनि दिनुभएको छ ।
मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय क्रिकेट विवाद सल्टिने सङ्केत
–कुमार चौलागाई
काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय खेलकुद परिषद ९राखेप०लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
निलम्बित क्यानको आज बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
बैठकले मुद्दा फिर्तासँगै क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरू दिवाकर घले, शैलेश चौधरी र सञ्जयराज सिंह हुनुहुन्छ ।
बैठकपछि अध्यक्ष चन्दले रासससँग भन्नुभयो, “हामीले मुद्दा फिर्ता लिएपछि निलम्बन फुकुवा पनि निश्चित हुनुप¥यो । सबै पक्षसँग छलफल र समन्वय गर्नका लागि समिति बनाएका छौँ, हामी विवाद सल्टाउन बाधक बन्दैनौँ ।”
राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।
निर्वाचित क्यानले आइसिसीको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको हो । गत महिना आइसिसीले निर्वाचित क्यान र राखेप दुवैलाई पत्र पठाएर कानूनी प्रक्रियाको पछिल्लो प्रगति मागेको थियो भने क्यानलाई मुद्दा फिर्ता लिन तथा राखेपलाई तदर्थ समिति औपचारिकरुपमा विघटन गर्न निर्देशन दिएको थियो ।
मुद्दा फिर्ता लिएपछि पछिल्लो साढे दुई वर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेट फुकुवाको सम्भावना प्रवल बनेको छ । घरेलु विवाद समाधान भएपछि आइसिसीले निलम्बन फुकुवा गर्ने बताउँदै आएको छ ।
क्यानको नयाँ विधान बनेपछि आइसिसीले क्रिकेटको विवाद निकासका लागि मुद्दा फिर्ता र तदर्थ समिति भङ्गलाई पहिलो शर्त बनाउँदै आएको छ ।
यस्तो थियो क्यान विवाद
विसं २०७२ मङ्सिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन ग¥यो । तर, क्यानकै तत्कालीन अध्यक्ष टङ्क आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो ।
उजुरी परेपछि राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि चन्द र प्याकुरेल पक्षले चुनाव गराएरै छाडे, चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो ।
त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगायो ।
‘तदर्थ समिति भङ्ग भइसक्यो’
यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केवशुकमार विष्टले तत्कालीन अवस्थामा रमेश सिलवालको नेतृत्वमा गठन गरिएको तदर्थ समिति भङ्ग भइसकेको बताउनुभयो ।
तत्कालीन परिस्थितिमा विधिसम्वत क्यानको निर्वाचन नभएपछि निर्वाचित समितिलाई मान्यता दिन नसकिएको र विधिसम्वत छ महिनाभित्रै पुनः निर्वाचन गराउन सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको बताउनुभयो । उहाँले छ महिनाभित्र सिलवाल नेतृत्वको तदर्थ समितिले निर्वाचन गराउन नसकेपछि तदर्थ समिति स्वतः भङ्ग भइसकेको उल्लेख गर्नुभयो ।
“छ महिनाका लागि बनाइएको कमिटीले काम गर्न नसकेपछि कमिटीको म्याद थप गरिएको छैन, अहिले तदर्थ कमिटी भङ्ग गर्नुपर्दैन, दुई वर्षअघि नै स्वतः भङ्ग भइसक्यो”–उहाँले भन्नुभयो । मुद्दा फिर्तासँगै आइसिसीको माग पुरा भएको बताउँदै उहाँले अब निलम्बन फुकुको सबै काम आइसिसीले गर्नुपर्ने बताउनुभयो ।
–––
१० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने प्रमुख सचेतक खाँण
आचार्य प्रदीप बुटवल,
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले दुनियामा १० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने दाबि गरेका छन् । उनले कम्यूनिष्टको आचरण र शैली संबिधान बिपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गरेका छन् ।
उनले नेपालका अन्य दलहलरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गरे । नयँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने खांणको भनाइ छ ।
नेपालमा कम्यूनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै नेता खँणले द्धन्द्धान्तमक भौतिक वादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताए ।
‘एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।’
उनले सदाकै लागि नेपालमा सासन चलाउने सपना नेकपाले नदेख्नको आग्रह गरे । उनले भने–‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्यूनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला ।’
रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका खँणले अहिलेको सरकारकै कारण संघीयता धरापमा परको बताए ।
पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको उल्लेख गरे ।
संघीयता धरापमा परेको भन्दै उनले यसलाई दिगो रुपमा लैजानुको विकल्प नरहेको समेत बताए ।
संघीयताका केहि कमी कमाजोरीहरु रहे पनि धेरै राम्रा पक्षहरु रहेको भन्दै उनले ति राम्रा पक्षलाई अगाडी बढाएर संघीयतालाई दिगो पना दिनुपर्ने उनको भनाइ छ ।
‘संविधानमा उल्लेख भएका अधिकारहरुलाई परिमार्जन र परिस्कृत गर्नुआवश्यक रहेको छ, नेकपाले दुई तिहाईको आडमा अन्य दलको अस्थित्वलाई अस्वीकृत गर्ने परिपाटीले सरकारलाई नै घाटा हुन्छ ।’खांणले भने ।
जनतालाई बढि भन्दा बढि सम्पन्नशाली बनाउनको लागि संघीय लोकतान्त्रीक गणतन्त्र नै उत्तम विकल्प भएको भन्दै उनले पछिल्लो समयमा नेकपाको सरकारले प्रदेश, स्थानिय सरकारलाई अधिकार दिनुको सट्टा विभिन्न विवादिद कार्यगरिरहेकोमा आपत्ती जनाए ।
कांग्रेस केन्द्रिय सदस्य समेत रहेका खाणले प्रतिपक्ष दललाई सरकारले उचित व्यबहार नगरेकोमा दुख प्रकट गरे ।
सरकारले कर आतंक सृजना गर्ने वाहेक ठोस कार्य गर्न सकेन
सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको नेता खँणको आरोप छ । उनले भने–‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ ।’
उद्योगी व्यवासयीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग नगर्नको लागि आग्रह गरे ।
उनले भने–‘सरकारले आफ्नो गतिविधिलाई परिस्कृत गर्न नसकेकमा सरकारको स्थनियत धेरै कमजोर हुन्छ, बेलैमा ख्याल गर्नु राम्रो ।’
जस्ले जंहा जे बोलेपनि बुटवलबाट स्थायी राजधानी सर्नै सक्दैन
पूर्ववर्ती देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको र त्यसका लागि आफूले निकै ठूलो पहल गरेको उनको भनाइ छ ।
खांणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्वस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजानै नसक्ने ठोकुवा गरे ।
प्रजातन्त्र र पत्रकारिता एकसिक्काका दुई पाटाको रुपमा स्थापित भएको भन्दै खांणले समाचार संकलन गर्दा, पत्रकारहरुको कहिल्यै पनि खुट्टा कमाउन नहुने बताए ।
स्थायी गुटले कांग्रेस कमजोर बन्यो
कांग्रेस केन्द्रिय सदस्य खाणले कांग्रेसमा स्थायी गुटले दुख दिएको बताए । उनले भने—‘यो गुट कहांबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु,यस्लाइ तोड्नु पर्दछ ।’
कांग्रेस अब नया शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै अबको ५ बर्षमा पहिलो शक्ति बन्ने गरि काम शुरु हुने दाबि गरे ।
नेपाल तरुणदल पाल्पाले विरामीहरुलाई फलफूल तथा जुस वितरण गरि स्थापना दिवस मनायो
रामचन्द्र रायमाझी पाल्पा, नेपाल तरुणदल पाल्पाले आफ्नो ६५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसर पारेर नेपाल तरुणदल जिल्ला कार्य समिति र तानसेन नगर कार्यसमितिले संयुक्त रुपमा मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि आहुती गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुलाई स्मरण गर्दै जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी सचिव अजयमान कर्मचार्यले मुलुकको परिवर्तनमा तरुणहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकमा तरुण विना समृद्धी र विकासको कल्पना नै गर्न नसकिने भन्दै जस्तो सुकै परिस्थितिमा पनि तरुणको सहभागिता आवश्यक रहेको औल्याए । सचिव कर्मचार्यले तरुणदल आन्दोलनको मोर्चामा सधै अग्रपंक्तिमा रहेको बताए । त्यस्तै नेपाली काँग्रेसका नेता राजेन्द्र गोपालसिंले मुलुकको विषम परिस्थितिमा नेपाल तरुणदलले खेलेको भूमिकाको चर्चा गर्दै देशको आर्थिक सम्वृद्धि गर्ने जिम्मेवारी अब युवाहरुको काधमा आएको बताए । नेतासिंले देशमा पादरर्शी र शुसासनका लागि त्यसको नेतृत्व नेपाल तरुणदलले लिनु पर्ने धारण व्यक्त गरे । साथै उनले आर्थिक क्रान्ति विना राजनीतक क्रान्ति असम्भवन भएकाले विपि कोइरालाले २०१० कार्तिक १० मा आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ तरुण दलको स्थापना गरेकाले उद्देश्य पुरा गर्न तरुणदल लाग्नु पर्ने बताए । नेपाल तरुणदलका जिल्ला सभापति मेजरसिं केसीले कांग्रेसले आत्मसाथ गरेको समाजबाद स्थापनाका लागि तरुण दलले सकेको योगदान गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु विधान श्रेष्ठ, शिवचन्द्र खनाल, नेपाली काँगे्रसका जिल्ला सदस्य दल बहादुर राजपुत, विद्यार्थी विभागका प्रमुख सचिन विष्ट, लगाएतले बोलेका थिए ।लफलफूल पाए पछि अस्पतालका विरामीहरु उत्साहित देखिएका थिए । तरुणदलका युवाहरुले फलफुल दिएपछि ज्वरो आएर अस्पताल भर्ना भएकी अर्घाखाँची चिदिकाकी ७१ वर्षीय ज्ञानुकला कुमालले घरमा साहारा दिने कोही नभए पनि मनकारी व्यक्तिहरु भएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै अर्को विरामी रामपुरका कविलदेव पौडेलले गरिब, असाहय, विरामी र वृद्वाको सम्मान गरेकोमा तरुणदललाई धन्यवाद दिए ।