हत्याका आरोपित चार पक्राउ

राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइवीका कारण देवलाई निजकै कोठामा इँटाले टाउकामा प्रहार गरी हत्या गरेको खुलासा गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्यज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ । रक्ताम्य लास दशैँको टीकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो । मृतकको टाउकामा ६ इञ्च लम्बाइ र चार इञ्च चौडाइ गहिरो खत रहेको र रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ । बलात्कारपछि हत्या भएको आशङ्कामा फोरेन्सिक परीक्षणका लागि लासको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएको छ ।

ओलीको स्वास्थ्य बुझ्न प्रचण्ड सहित नेकपाका नेता ,कार्यकर्ता र अन्य दलका नेताहरु अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बुझ्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहित नेकपाका नेता तथा कार्यकर्तासंगै अन्य दलका नेताहरु यतिबेला अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर अरुण सायमीका अनुसार सोमबार बिहान ९ बजेमात्रै ओलीको स्वास्थ्यबारे अस्पतालले जानकारी गराउने बताए । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना, आइसीयुमा उपचार हुदै

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यसअघि आइतबार मात्रै ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै केही दिनमै सार्वजनिक कार्यक्रममा उपस्थित हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका थिए । ओलीलाई सामान्य रुघाखोकी बताउँदै आइएको थियो । ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।

क्रसर उद्योगका साधनले नागरिकको स्वास्थ्य बिग्रन थालेपछि

  लमही,  सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ । क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताउनुभयो । दिनहँु करीब ५÷६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ । आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । –––