नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन , निधि
विराटनगर, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।
उहाँले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”
–––
कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य
कपिलवस्तु, दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउनुहुन्छ । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उहाँको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।
–––
नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ
काठमाडौं । नेपाली नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाली नक्कली नोटहरु छापी वजारमा वितरण गरिरहेको अवस्थामा सनिबार अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई हाल मच्छेगाँउ बस्ने नारायण श्रेष्ठ, मकवानपुर हर्नामाडी ९ घर भई हाल मुलपानी बस्ने साहिल थापा मगर, पर्सा विरुवा गुठी ३ घर भई हाल वौद्द जोरपाटी वस्ने राज श्रेष्ठ र काठमाडौ कागेश्वरी मनहरा वडा नं ११ घर भई हाल कुमारी गाल बस्ने वर्ष २९ को विकास दोचे छन् ।
किर्तिपुर नगरपालीका मच्छेगाँउ वडा नं ४ स्थित कृष्ण वहादुर क्षेत्रीको साढे चार तल्लाको घरको पहिलो तल्लामा नारायण श्रेष्ठ र ईन्द्र बहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरिएको हो ।
साथमा नक्कली नोट ३ लाख ७० हजारका साथै नोट बनाउन प्रयोग गरिने छपाई मेसिन, मसी र पेपर लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।
७ बर्षीया बालिकालाई जंगलमै बलात्कार
अछाम । अछाममा ७ बर्षीया बालिका बलात्कार भएकी छन् । बाख्रा चराउन गएकी ७ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कार गर्ने कमलबजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गर्ने किशोरको परिचय खुलाइएको छैन ।
ती युवकले शनिबार गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै बलात्कार गरेका थिए ।
पीडित बालिका बुवाले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।