श्रीमतीको हत्या
गुल्मी, गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका छन् ।मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए ।
घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो ।
–––
‘छक्का पञ्जा–३’ र ‘जयभोले’ दर्शकको मन जित्न सफल
काठमाडौँ, ‘यस्तो भोज यहाँ भइरहन्छ रु’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ।।।’
सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दशैँमा दर्शकको मन जित्न सफल भएको हो ।
यही अवधिमा प्रदर्शन भइरहेको अर्को नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घण्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घण्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ ।
सामाजिक यथार्थलाई जीवन्त र हास्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल ९मल०मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो । दुवै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुवै चलचित्र हेर्न छोडेनन् । बिदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र भएकाले पनि यी दुई चलचित्र चलेका देखिन्छन् ।
यस बीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताउनुभयो । ‘‘विगत चार वर्षदेखि दशैँका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’’ पौडेलले भन्नुभयो ।
‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा।।’जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ । बक्स अफिस प्रणाली लागू भएपछि कुन चलचित्रले हालसम्म कति व्यापार गरेको छ भन्ने यकिन विवरण बिगतमा जस्तो सार्वजनिक हुँदैन । निर्माता र निर्देशकले आफूखुशी धेरै व्यापार भएको प्रचार गर्ने तर चलचित्रको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक चलचित्र घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना सङ्कलन गरिन्छ ।
‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलाबद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिमा खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ । घटस्थापनाका दिनदेखि चालू यो चलचित्रले बजार पाएको र दर्शकले माया गरेकामा प्रसन्न हुँदै निर्देशक निरौलाले भन्नुभयो, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली चलचित्रलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौँ ।’
फूलपातीका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङलगायत कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ ।
–––
निर्मला हत्याको छानबिनमा लापरबाही गरेको भन्दै प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस
काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।
प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।
दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले
बाजुरा, बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् ।
हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताउनुभयो । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् ।
बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ । बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।
–––