आज आश्विन शुक्ल सप्तमी,घरघरमा नवदुर्गाका सहायक फूलपाती भित्र्याइँदै

0
  काठमाडौँ,  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज  शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने प्रा डा गौतमले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । –––

कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ बारे साक्षात्कार

0
  पोखरा ।   सूर्योदय क्लव नदीपुरले कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ र यसमा आएका विभिन्न परिवर्तनका आयामहरुबारे साक्षात्कार कार्यक्रम गरेको छ ।   कबि   घिमिरेले आफूले दशैँबारे भोगेका र जानेका सन्दर्भहरुको चर्चा गरे। पिङ खेल्ने भनेपछि जुटिहाल्ने तन्नेरी जमात कोे भिड हटाउन भूत  कृत्य गरेको उटपट्याङ घटना समेत स्मरण गरे घिमिरेले । । दशैँ नेपालीहरुको सांस्कृतिक पर्ब भएकोले यसको जगेर्ना गर्न युवा पुस्ता सधै तयार रहनु पर्नेमा जोड दिदै  घिमिरेले आफ्नो गच्छेअनुसार  दशैँ मनाउन नयाँ पुस्तालाई  आग्रह  समेत गरे ।घिमिरे शिरोमणि पुरस्कार, दयाशंकर पत्रकारिता पुरस्कार आदिबाट विभुषित भइसकेका छन। क्लवका उपाध्यक्ष मधुसुदन पौडेलले  क्लबले बिभिन्न सामाजिक काम गरेको उल्लेख गर्दे ,दशैँको उपलक्ष्यमा  यस बर्ष पिङ हालको बताए। क्लवका सचिव षडङ्गराज घिमिरेले  साक्षात्कार कार्यक्रमलाइ निरन्तरता दिने बताए । अग्रज पुस्ताका अनुभब आदानप्रदानले नयाँपुस्तालाइ हौसला र उत्प्रेरणा मिलेको कार्यक्रमका सहभागीहरुले बताए ।

अशक्त महिलामाथि सामुहिक बलात्कार

0
  पोखरा । कास्कीमा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । कास्कीको सार्दिखोलामा  मुख बोल्न नसक्ने ४० वर्ष उमेर कटेकी एक महिलामाथि बलात्कार भएको हो । दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यलय  कास्कीका डिएसपी, प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले आइतबार घटना भएको र संलग्न दुवै जना पक्राउ परिसकेको  बताए। ‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’ भागेका एक जना बलात्कारीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।

पानीमा डुबेको अबस्थामा शब फेला

  घोराही,  शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ । राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ । –––