विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा
स्याङ्जा, यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताउनुभयो ।
प्रतियोगिता व्यवस्थापन मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने तथा नेपालमा हवाई खेलको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने कार्यमा यो प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताउनुभयो ।
आँधीखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समन्वय प्रमुख सुन्दासको भनाइ छ । जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको सङ्ख्यामा वृद्घि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङका प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि वातावरणीय एवं प्राविधिक हिसाबले आँधीखोला भ्याली उत्कृष्ट भएको बताउनुभयो । बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजङ्ग केसीले स्वरेक मैदानमा विश्वकपको आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय संस्था एफएआइ र पिजिएडब्लुसी र राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीले अनुमति दिएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ ।
प्रतियोगिताको प्रमुख सहयोगी भीरकोट र वालिङ नगरपालिका तथा सहयोगीमा जिल्लाका सबै स्थानीय तह रहेको आयोजकले जनाएको छ ।
गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त पुर्वमन्त्री भट्ट
पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीका गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई वृक्षारोपणका लागि रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ उनले अगाडि थपे,‘ मेरो बसाई अत्तरियामा निकै पुरानो हो । मैले बुझेको जैविक मार्ग गोदावरी तेघरी क्षेत्र होइन । जैविक मार्ग त लालझाडी र बसन्ता क्षेत्र हो, यो क्षेत्र त सधैं बस्ती क्षेत्र नै हो ।’ साथै, उनले गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त रहेको दाबी गरे । सांसद भट्टले धनगढीलाई ब्यबसायिक केन्द्र, अत्तरियालाई प्रशासनिक केन्द्र र दिपायललाई शैक्षिक केन्द्र बनाउनु पर्नेमा जोड दिए । फरक प्रशंगमा बोल्दे पूर्व मन्त्री समेत रहेका भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भावा नरहेको जानकारी गराए । प्रदेश सभाले भरखर मात्रै राजधानी र नामाकरण गरेकाले यसलाई मुर्तरूपदिन सबैले लाग्नु पर्न कुरामा जोड दिए । समग्र शुदुरपश्चिम प्रदेशको विकासका लागि सरकारलाई सबै जनताले सहयोग गर्नुपर्ने भन्दै नेता भट्टले अहिलेको समय फुट्नु भन्दा जुट्नु पर्ने रहेको बताए । शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य , पत्रकार बुद्धिजीवी ,स्थानिय बासिन्दा ,सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो
पोखरा, पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्लपक्षदुर्गापक्ष सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ ।
फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।
पोखराको सडकमा मध्यरातमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ
पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो ।
मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ४० बर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।
अस्वस्थ र अशक्त महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अर्जुन पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन ।
दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ । यस विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले नराम्रो केहि गरिनसकेको जिकिर गर्दै थिए । महिलालाई अस्पताल लगिएको बुझिएको छ ।
साभार ः रन्जन अधिकारी, गण्डक न्युज