काँग्रेसका नेता ,बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित
नेपाली काँग्रेसले आइतबारका लागि तय गरेको जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित भएको हो ।
काँग्रेसले महंगी र चर्को कर बिरुद्ध सरकारको ध्यानाकर्षण गराउँन आज देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय गरेको थियो ।
केन्द्रीय परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम स्थगित भएको पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कांग्रेस नेता बास्तोलाको ७४ वर्षको उमेरमा निधन
काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा उहाँको निधन भएको हो,’ काफ्लेले भने । उनले स्वर्गीय बाँस्तोलाको अन्तेष्टिबारे भने पार्टीसँग छलफल गरेर निर्णय लिइने जानकारी दिएका छन । झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए । शनिबार दिउसो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर उपचारमा सुधार हुने अवस्था नदेखिएपछि अस्पतालले उनलाई दिउसो तीन बजे घर पठाएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधीले समेत नेता बाँस्तोलाको शनिबार राती निधन भएको बताए । उनले आइतबार बिहान पार्टीको बैठक बसेर श्रद्धान्जली कार्यक्रम र अन्तेष्टिबबारे निर्णय लिइने जनाए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुन पुगेका बेला उनलाई मस्तिष्कघात भएको थियो । मष्तिष्कघात भए लगत्तै धरान स्थित विपि कोइराला अस्पताल पुर्याइएकोमा डाक्टरहरुको सुझाव अनुसार नै थप उपचारका लागि भारतको सिलिगुढी लगिएको थियो । तर त्यहाँ समेत उपचार हुन नसकेपछि उनलाई भारतको मेदान्त अस्पतालमा लगेर लामो समय उपचार गरिएको थियो । सात महिना मेदान्तको उपचारपछि समेत स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई घर ल्याएर राखिएको थियो भने त्यसपछिका सात महिना न्युरो अस्पतालमा राख्दा समेत अवस्थामा सुधार नभएपछि उनलाई ०७० कात्तिकदेखि घरमै राखेर उपचार गरिदैं आइएको छ । कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्छन । उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बिचमा संवाद गराउने उनी एक सेतु समेत हुन । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे । बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका हुन । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्छन । बनारस हिन्दु विश्वविद्यालय ९बिएचयु० मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे । पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए । नेतृत्वमा आउनका लागि भने उनी अघि नसर्ने नेताका रुपमा गनिन्छन । उनलाई विरामी भए देखि नै झोलीलो पदार्थ मात्र पाइपबाट खुवाइदै आइएको थियो । यस्तै घरमा नै डाक्टर बोलाएर नियमित फिजियो थेरापी समेत गराइदै आइएको थियो । अर्धचेत अवस्थामा रहँदा बाँस्तोलालाई सबै खालका खानालाई लिक्युइड बनाएर मात्र पाइपबाट खुवाइने गरिएको जनाए । उनको ब्लड सर्कुलेसन र इनर्जी बढाउनका लागि एकुप्वान्टेजर मार्फत उपचार भइरहेको थियो । शरीरमा रगत जम्न नदिन र शक्ति बढाउनका लागि एक दिन बिराएर यो विधिबाट उपचार हुँदै आएको थियो । मसाज र अकुप्रेसरका लागि नेचर केयर अस्पताल बानेश्वरबाट डाक्टर घरमा नै जाने गरेका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था बिग्रिएको खबर लगत्तै शनिबार नेपाली काग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा शेखर कोइराला, रमेश लेखक सहितका नेता कार्यकर्ता उनको निवास पुगेका थिए ।चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन
काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा उहाँको निधन भएको हो,’ काफ्लेले भने । उनले स्वर्गीय बाँस्तोलाको अन्तेष्टिबारे भने पार्टीसँग छलफल गरेर निर्णय लिइने जानकारी दिएका छन । झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए । शनिबार दिउसो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर उपचारमा सुधार हुने अवस्था नदेखिएपछि अस्पतालले उनलाई दिउसो तीन बजे घर पठाएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधीले समेत नेता बाँस्तोलाको शनिबार राती निधन भएको बताए । उनले आइतबार बिहान पार्टीको बैठक बसेर श्रद्धान्जली कार्यक्रम र अन्तेष्टिबबारे निर्णय लिइने जनाए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुन पुगेका बेला उनलाई मस्तिष्कघात भएको थियो । मष्तिष्कघात भए लगत्तै धरान स्थित विपि कोइराला अस्पताल पुर्याइएकोमा डाक्टरहरुको सुझाव अनुसार नै थप उपचारका लागि भारतको सिलिगुढी लगिएको थियो । तर त्यहाँ समेत उपचार हुन नसकेपछि उनलाई भारतको मेदान्त अस्पतालमा लगेर लामो समय उपचार गरिएको थियो । सात महिना मेदान्तको उपचारपछि समेत स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई घर ल्याएर राखिएको थियो भने त्यसपछिका सात महिना न्युरो अस्पतालमा राख्दा समेत अवस्थामा सुधार नभएपछि उनलाई ०७० कात्तिकदेखि घरमै राखेर उपचार गरिदैं आइएको छ । कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्छन । उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बिचमा संवाद गराउने उनी एक सेतु समेत हुन । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे । बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका हुन । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्छन । बनारस हिन्दु विश्वविद्यालय ९बिएचयु० मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे । पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए । नेतृत्वमा आउनका लागि भने उनी अघि नसर्ने नेताका रुपमा गनिन्छन । उनलाई विरामी भए देखि नै झोलीलो पदार्थ मात्र पाइपबाट खुवाइदै आइएको थियो । यस्तै घरमा नै डाक्टर बोलाएर नियमित फिजियो थेरापी समेत गराइदै आइएको थियो । अर्धचेत अवस्थामा रहँदा बाँस्तोलालाई सबै खालका खानालाई लिक्युइड बनाएर मात्र पाइपबाट खुवाइने गरिएको जनाए । उनको ब्लड सर्कुलेसन र इनर्जी बढाउनका लागि एकुप्वान्टेजर मार्फत उपचार भइरहेको थियो । शरीरमा रगत जम्न नदिन र शक्ति बढाउनका लागि एक दिन बिराएर यो विधिबाट उपचार हुँदै आएको थियो । मसाज र अकुप्रेसरका लागि नेचर केयर अस्पताल बानेश्वरबाट डाक्टर घरमा नै जाने गरेका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था बिग्रिएको खबर लगत्तै शनिबार नेपाली काग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा शेखर कोइराला, रमेश लेखक सहितका नेता कार्यकर्ता उनको निवास पुगेका थिए ।
१६ बर्षीया किशोरी बलात्कृत
सप्तरी । डाक्नेश्वरी नगरपालिका २ मा १६ बर्षीया किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा २२ बर्षीय ओमप्रकाश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
रातिको समयमा पिसाव फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको र जर्वजस्ती करणीमा मुद्दा दर्ता गरी आवश्यक अनुसनधान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए ।
गुर्जा हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, दुई वेपत्ता
पर्वत, म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ ।
पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए । उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।
यद्यपी सिम्रिक एयरको हेलीकोप्टरबाट आज बिहान गरिएको अनुगमनका क्रममा टे«किङ गाइड लाक्पा शेर्पाले आठ जनाको शव देखिएको बताउनुभएको थियो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ । टोलीमा रहेका नौ जनामध्ये सातजनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ ।
घटनामा परी मृत्यु भएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन । घटनामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न आज बिहान ८ बजे सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार घटनास्थलमा देखिएका शवहरुलाई निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा भोलि बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ ।
उक्त हेलिकोप्टरमा प्राविधिकहरु रहने छन् । यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्पm प्रस्थान गरेको थियो । त्यसमध्येका एकजना कोरियन नागरिक आपूmलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए । यही असोज २१ गते यात्रा प्रारम्भ गरेको टोली असोज २५ गते बिहानबाट सम्पर्क बिहीन भएको थियो ।
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो ।
–––