सुत्केरीको अकालमा ज्यान गयो

  सङ्खुवासभा– समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ । खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका डा युवराज बस्नेतले भन्नुभयो, “उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ ।” उनलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताउनुभयो । “पहिले नै हामीले सर्तक हुन र राम्रो अस्पतालमा जान सुझाब दिएका थियौं”, चिकित्सक बस्नेतले भन्नुभयो, पटकपटक भनेका थियौ, जानु भएन छ, उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर सकेनौं ।” –––

कांग्रेस नेता बास्तोलाको मृत्युको खबर भाईरल, पारिवारिक श्रोत भन्छ ‘खबर झुठो हो’

काठमाडौं ।  नेपाली कांग्रेस नेता चक्र बास्तोलाको निधन भएको खबर झुठो भएको पारिवारिक श्रोतले जनाएको छ । बास्तेलाका नीजि सचिव राधाकृष्ण काफ्लेले मिडियामा आएको खबर झुठो भएको बताउनु भयो । यसअघि बिभिन्न सन्चारमाध्यममा उहाँको निधन भएको कुरा भान्जी सरीता प्रसाईलाई उदृत गर्दै खबर सार्वजनिक भएको थियो । बास्तोलाको आज मध्यान्ह बासबारीस्थीत न्युरो अस्पतालमा भर्ना गरिएको थियो अस्पतालले अपरान्ह ४ बजे डिस्चार्ज गरिएपछि खुमलटारस्थित निवास लगिएको छ

बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरे

0
काठमाडौं ।  नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको दश दान गरिएको छ  । बास्तोलाको अवस्था निकै जटिल बनेपछि  हिन्दू  परम्परा अनुसार जिउदो अवस्थामा गरिने कार्य दश दान गरिएको हो । बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका हुन् ।  बास्तोलालाई बाँसवारी स्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह  ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो  । उनलाई अस्पतालले दिएको लाइफलाइन सपोर्ट झिकिएको छ । उनको मुटुको धड्कन शुन्य रुपमा रहेको छ । स्वास थोरै मात्रामा आइ रहेको छ भने अत्यन्त धेरै ज्वरो आइरहेको छ । उनको अवस्था कुनै पनि समय भन्न नसकिने अवस्थामा पुगेको परिवारिक श्रोतले बताएको छ । उनको स्वस्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री द्वय शशंक कोइराल, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेक्छुक बास्तोला निवास खुमलटार पुगेका छन् ।

नुहाउने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

  लहान– पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।