कवि राजेन्द्रजीका सिर्जनाहरूमा बुद्धिपक्ष, कल्पनापक्ष, भावनापक्ष र शैलीपक्षको आवश्यक सन्तुलन भएको देखिन्छ
पिता पद्मराज पौडेल र माता मधुकुमारी पौडेलका कोखबाट २०२९ साल मंसिर १५ गते कास्की जिल्लाको हंसपुरमा जन्मिएका कवि राजेन्द्र पौडेलजीको पेशा सिभिल इन्जिनियरिङ्ग भएपनि यौटा ससक्त कविको रुपमा नेपाली साहित्य जगत्मा उदाउनु भएको छ । बाटो, पुल, खानेपानी, भवन जस्ता निर्जिव क्षेत्रका विषयको नियमित अभ्यासका बाबजुद पनि तेहीँ भित्रवात सुमधुर कविताका झर्नाहरू झरर्झराउँन सक्नु कविको कल्पनाशीलता र क्षमता लाई मान्नै पर्दछ । गल, गँैची, छिनो, ज्यावल, ढुङ्गा, माटो, सिमेन्ट आदिका सम्बन्धले जर्जर बनेको हृदय भित्र पनि यौटा साहित्यिक लेखनी दगुर्दो रहेछ र त्यसले कोमल हृदयका गहिराईबाट साहित्यिक रसधारा चुम्दोरहेछ भन्ने कुरा उहाँवाट रचित दुईवटा छन्दोबध्द कविता संग्रह, एउटा गजल संग्रह र दर्जनौ फुटकर कविताहरुवाट प्रमाणित हुन्छ । पेसाले इन्जिनियर पौडेल आफ्नो कविता–कृति “निर्माणका धुन, अन्तर्मनका सुसेली” र गजल संग्रह “तरङ्ग”का साथ नेपाली साहित्यमा प्रवेश गरेका छन् ।
कवि राजेन्द्रजीका सिर्जनाहरूमा बुद्धिपक्ष, कल्पनापक्ष, भावनापक्ष र शैलीपक्षको आवश्यक सन्तुलन भएको देखिन्छ । पढ्दाखेरि हृदयस्पर्श गर्ने कविता एंव गजलहरूमा नै यी गुणहरू पाइन्छन् ।
प्रायःप्रत्येक युगका सामाजिक मानसिकता अनुसार नै बढी सिर्जनाहरु कोरिन्छन् । यसैले यस्ता सिर्जनाहरुलाई समाजको दर्पण पनि मानिन्छ । कवि एंव गजलकार राजेन्द्रजीका सिर्जनाहरु त्यस्तै छन् । यी सिर्जनाहरुले नेपाली समाजका वर्तमान मानसिकताहरूको मूल्याङ्कन र संयोजनको काम गर्छन् । त्यसरी सामाजिक मानसिकताको संयोजनको लागि अँगालिने शैली अनुसार सिर्जनाहरु सरल,सुबोध र आलङ्कारिक भाषाले सजिएको हुनुपर्छ । कवि राजेन्द्रजीले आफ्ना प्राय रचनाहरुमा प्रकृतिलाई मानवीकरण गर्दै प्रकृति र मानविय भावनाको उचित संयोजन गरेको अनुभूति हुन्छ ।
शास्त्रीय छन्दःपरम्परामा रचित कविको पहिलो कृति “निर्माणका धुन” हो भने दोस्रो कृति “अन्तर्मनका सुसेली” हो । त्यसरी नै गजलको रुपमा तेस्रो कृति गजल संग्रह तरङ्ग” हो । यी कविता र गजल संग्रह भित्र स्वतःस्फूर्त कविताहरू एंव गजलहरुमा साहित्यिक विशेषताहरू सँगै राजनीतिक समीक्षा पनि छ । नेपाली समाजको चरित्रचित्रण सँगै यहाँ विकसित भएका राजनीतिक कार्यकर्ताहरूको मानसिकतालाई पनि औल्याउँदै कविले आवश्यक सुधारका पक्षहरू देखाउँदै देश निर्माण र समाज निर्माणका बुलन्द धुनहरू फैलाउनु भएको छ । यी संग्रहहरुका सम्पूर्ण विचारहरू निर्माणमुखी छन् र ठोसरूमा परिभाषित हुन शब्दलालित्यको साधनाको अपेक्षा गर्छन् ।
देशको विकास निर्माणमा समर्पित अभियन्ता राजेन्द्रजीको भावना यिनै संग्रहहरुले प्रतिनिधित्व गरेको आभास मिल्दछ । सारांशमा स्रष्टा पौडेलले महाकवि वाल्मीकिको उक्त्ति ‘जननी जन्मभूमिश्च स्वर्गादयि गरीयसी’ लाई शिरोधार्य गर्दै आफ्नो मन–मष्तिष्कबाट यी ग्रन्थहरुमा कविता–धारा बगाएका छन् । वास्तवमा पौडेल विविध व्यावहारिक संघर्ष र अनुभव प्राप्त सामाजिक, मिलनसार, साहित्यप्रेमी, सरस्वती उपासक स्मरणीय प्रतिभा हुन्, काव्यप्रेमी सचेत युवा हुन् । पेसाले प्राविधिक नौलो–नौलो, नयाँ विषयहरूमा लाग्नुपर्ने, समय खर्चिनुपर्ने र नाम–दाम कमाउन पर्ने मान्छे हुन् उनी । जे होस् उहाँ आफ्नो पेसागत साधनामा त हुँदै हुनुहुन्छ, यो उहाँका अनुराग वा रूचि विषय हो । जो प्रशंसनीय एवं समादरणीय छ । उहाँलाई सचेत साहित्यप्रेमीवर्ग बीच सुपरिचित गराउने आधार निर्मित गरिरहेछ । जो प्राविधिक वर्ग बीच यसप्रकारको सम्भावना कताकति मात्र देखापर्छ– संभव चाहिँ छ । जे होस्, प्राविधिक प्रतिभामार्फत् पाइनसकिने सारस्वत उपासना एकप्रकारको गौण वा अतिरिक्त विषय नै सम्झनुपर्छ । अतः प्राविधिक प्रतिभाको प्रस्तुत काव्ययात्रा विशेष उपलब्धिमूलक प्राप्ति हो । जो प्रशंसनीय छ, स्मरणीय मान्नुपर्छ । यो एकप्रकारको माता सरस्वतीको अनुराग हो– विशेष कृपा हो ।
कवि राजेन्द्र पौडेल नेपाली कविताकाव्यको विकास, विस्तार र परम्परामा वि.सं. २०७२ मा निर्माणका धुन (कवितासङ्ग्रह) मार्फत् कृतिकारका रूपमा देखा परेका एक उल्लेखनीय कवि हुन् । उने आफू कक्षा तीनमा अध्ययन गर्दा देखि नै कविता लेख्ने र वाचन गर्ने अभ्यासलाई अँगाल्दै अघि बढेको कुरा उल्लेख गरेका छन् । यस आधारमा उनको कविता साधनाको मात्राले वि.सं. २०३७ देखि आजसम्म आइपुग्दा लगभग साढे तीन दशक पार गरिसकेको देखिन्छ । यसबीच आफ्नो जन्मभूमिको प्राकृतिक सौन्दर्य, हंसपुर, पोखराको साहित्यिक वातावरण, विभिन्न कवि र गुरूहरूको प्रेरणा र आफ्नो तीव्र प्रयासका माध्यमबाट उनी पेशाले÷व्यवसायले इञ्जिनियर रहेपनि वार्णिक र वर्णमात्रिक छन्दलाई राम्ररी खेलाएर उत्कृष्ट कविताहरू रचना गर्ने एक उदाहरणीय कविको रूपमा समेत देखिन्छन् । गीत, गजल र वर्णमात्रिक भनिने छन्दोबद्ध कविताका अतिरिक्त आफ्नो पेशागत विषय र समसामयिक विविध विषयमा लेखनिबन्धहरूसमेत लेख्ने र लेखिरहने कवि पौडेल वर्तमान नेपाल र नेपालीको विविध समस्याका सूक्ष्मज्ञाता, चिन्तक र विश्लेषकका रूपमा समेत रहेको कुरा उनका विभिन्न कविताहरूको अध्ययन गर्दा अनुभव हुन्छ । उनी कल्पनालाई भन्दा यथार्थलाई, सौन्दर्यलाई र वस्तुलाई भन्दा विषयगत सन्दर्भलाई यथेष्ट शैलीगत माधुर्यका साथ अभिव्यक्ति दिन सक्षम कविका रूपमा देखिन्छन ।्
संस्कृत र नेपाली भाषासाहित्यको औपचारिक विशेष अध्ययनको अभाव र नितान्त वस्तुगत गणितीय जगत्सँग सम्बन्धित इञ्जिनियरिङ्ग सेवा र व्यवसायमा समर्पित व्यक्तिबाट पनि यसप्रकारका उत्कृष्ट कविताहरू रचिएर एकपछि अर्को ग्रन्थका माध्यमबाट अगाडि बढ्दै कृति सिर्जनालाई अन्यन्त तन्मय र रुचिका साथ निरन्तरता दिइरहनु पनि कवि पौडेलको उल्लेखनीय वैशिष्ट्य मान्न सकिन्छ । भाषा, भाव र लयको एक उत्कृष्ट संगम मानिने कविता सिर्जनामा कवि पौडेल अव्वल देखिन्छन् । अब नेपाली पाठकहरूले उहाँका काव्यहरू पढ्न पाउनु पर्छ । आगामी काव्यले पनि उनको यही उत्कृष्ट कवितात्मक प्राप्तिलाई निरन्तरता दिऊन् भन्ने आशा र अपेक्षाका छ । अन्तमा नेपाली साहित्यमा छन्द कवि तथा गजलकार राजेन्द्र पौडेलकको आगमनलाई हृदय देखि स्वागत गर्दै उहाँको साहित्यिक यात्राले निरन्तरता पावोस् । हार्दिक शुभकामना ।
लेखनाथमा सिनीयर मिनी म्याराथुन हुने , दर्ता निशुल्क
लेखनाथ ,नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथुनको आयोजना गरिने भएको छ । विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।यहि असोज २७ गते आयोजना हुने म्याराथुन खोलाको डिलबाट शुरु भई अर्घौं खराने हुँदै पुनः खोलाको डिलमा पुगेर ३ किमि को दुरि पुरा गरि सम्पन्न हुनेछ । म्याराथुनमा प्रथम हुने महिला र पुरुषले नगद ५÷५ हजार, द्धितीय हुने महिला र पुरुषले नगद ३÷३ हजार, तृतीय हुने महिला र पुरुषले नगद २÷२ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।खेल संस्कृतिको विकास र स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको म्याराथुनमा सहभागी हुनको लागि महिलाको हकमा ३० वर्ष माथीको हुनुपर्ने र पुरुषको हकमा ३५ वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि ५० हजार खर्च लाग्ने र निःशुल्क दर्ताको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।
२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा
बलेवा, बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार सम्पन्न खेलमा त्रिभवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–६, २५–११ र २५–८ अङ्कले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई २५–११, २५–७ र २५–१३ को सोझो सेटमा हरायो । तेस्रो खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ अङ्कले पराजित ग¥यो भने चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–८ अङ्कले हरायो ।
बिहवार नै गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१५ र २५–१६ अङ्कले तथा पुलिस क्लबले प्रदेश नं २ लाई २५–९, २५–६ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । सेमिफाइनलका खेल आज गलकोट बहुमुखी क्याम्पसको मैदानमा हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । प्रतियोगितामा नौ टिम सहभागि छन् ।
–––
‘परामर्श बैठक उपलब्धिमूलक’
सुर्खेत, कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक गए राति सम्पन्न भएको हो । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा बैठक केन्द्रित रहेको थियो । “बैठकमा विज्ञ समूहले बजेट कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव दिएको छ,” केसीले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गरेर बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउँछौं ।” सरकार र विज्ञ समूहबीचको परामर्श बैठकले बजेट कार्यान्वयनमा देखिएको अन्योलता हटाएको उहाँको धाारणा थियो ।
बजेट कार्यान्वयन गर्न प्रदेश सार्वजनिक खरिद ऐन नबनेसम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार काम गर्न र सो ऐनले नसमेटिएका विषयमा संवैधानिक अधिकार प्रयोग गरी यसको कार्यविधि निर्माण गरेर काम गर्न विज्ञ समूहले सुझाव दिएको छ । बजेट कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा परामर्शदाता सेवा करारमा भर्ना गरी बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई बाधा नपर्ने विज्ञ समूहका सदस्यले सल्लाह दिएका छन् ।
बैठकमा मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, नरेश भण्डारी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता थियो ।