बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछः महामन्त्री डा कोइराला

नवलपरासी, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । महामन्त्री डा कोइरालाले नेपालमा अहिले पनि महामानव बिपी कोइरालाको विचार उत्तिकै सान्र्दिर्भक भएकाले काङ्गे्रसले यो विचारको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदैं बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाएर अघि बढाउन सकिने बताउनुभयो । काङ्ग्रेस आफ्नै कारण र पार्टीभित्रको केही अपवादका कारण पनि चुनाव हारेको उल्लेख गर्दै उहाँले सङ्गठनमा लाग्ने कार्यकर्ताको अब सही मुल्याकङ्न हुने र पार्टी कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने बताउनुभयो । महामन्त्री डा कोइरालाले हामीले अब पनि काङ्गेसलाई एक बनाएर अघि बढ्न सकेनौं भने हाम्रो भविष्य नरहने बताउँदै सङ्गठनमा पूर्ण एकताका साथ अघि बढ्न सकेमा मात्र सबैको भविष्य सुरक्षित रहने धारणा व्यक्त गर्नुभयो । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अब तेरो र मेरो होइन, हामी एक काङ्ग्रेस भएर गाउँ गाउँमा गई जनताको मन जित्नु पर्ने बेला आएको छ भन्नुभयो । पार्टीलाई बलियो बनाउन ठोस कार्यनीति बनाई अघि बढ्नुको विकल्प नभएको उहाँले जोड दिनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, महालक्ष्मी डिना उपाध्याय, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही लगायतले काङ्गेसमा गुटको अन्त्य गरी एकताको सन्देश गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । –––

पोखरा हेमजाको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कार उद्योग गर्ने २२ वर्षीय श्रेष्ठ पक्राउ

पोखरा, पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार उद्योग गरेका छन् । हेमजाको याम्दीमा लामो समयदेखि भाडामा को घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार उद्योग गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा याम्दीकै स्थानिय बासिन्दा सुजन श्रेष्ठ रहेका छन । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाबिक क्रियाकलाप गरेको बताएकी छिन् ।

कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण गरिनुपर्ने , प्रधानमन्त्री ओली

नबिन लामिछाने मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाँउपालिका –१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उदघाटन गरेका छन । प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण मार्फत नै किसान सफल व्यवसायी र उद्यमी बन्न सक्ने बताए ।’ एग्रो मनाङले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिको प्रयोग गरी कृषिलाई उद्योगतर्फ लैजान सकिने धारणा राखे । यो वर्ष सरकारले स्याउ कृषकका लागि १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको पनि सुनाए । एग्रो मनाङले, नेपालमा स्याउको मात्रै करिब १४ अरब रुपैयाँको बजार रहेको जानकारी दियो । जस मध्ये बढी हिस्सा भारतीय स्याउकै छ । एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले अब यो बजारलाई आफूहरुले उत्पादन गरेको स्याउले हस्तक्षेप गर्ने जिकिर गरे । नेपालमै उत्पादन गरेर नेपाली बजारमा बाहिरी स्याउको बोलबाला अन्त्य गर्न सकिने उनको धारणा छ ।

महिलालाई दर्शन गर्न निषेध मन्दिर

जहाँ महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ धनुषा, जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । राजदेवी मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएकाहरु पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको बताइएको छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुन सक्ने केहीको अनुमान छ । परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्नुहुन्छ, “विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएपछि क्षमापूजा गरी बलि चढाइएको थियो ।” मन्दिरमा पूजापाठ तथा भाकल गर्दा मनोवाञ्छित फल पाउने जनविश्वास छ । सोही आस्थाका कारण दशैँका बेला राजदेवीमा पूजापाठ गर्न आउनेको भीड लाग्छ । महिलाकै रुपलाई मन्दिरभित्र राखी पूजा गरिए पनि महिलालाई नै पूजास्थलमा जान नदिनु न्यायसङ्गत नभएको अधिवक्ता रेखा झाले बताउनुभयो । झाले भन्नुभयो, “यो महिलामाथिको ठूलो विभेद हो । यसको पछाडि दिइने तर्कले महिलामाथि हालसम्म भइरहेको विभेदलाई नै प्रष्ट्याउने गरेको छ ।” घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् । यी सबै कुरा केही सङ्कुचित मानसिकताबाट प्रेरित व्यक्ति र वर्गबाट ल्याइएको तथा महिलाले दशैँमा मन्दिरभित्र भगवतीको पूजा नै गर्न नपाउने कुनै धर्ममा उल्लेख नभएको भन्दै यसको विरोध गर्नुपर्ने अधिकारवादी बताउँछन् । मानवअधिकारीवादी संस्था इन्सेक प्रदेश नं २ प्रमुख राजु पासवानले महिलामाथि विभेद हुने खालका यस्ता परम्परालाई हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मात्र विधि र धर्मले सिकाएको हाम्रो परम्परा र संस्कृतिलाई अपनाउनुपर्छ न कि कसैले चलाएको गलत रीतिलाई, यस परम्परालाई परिमार्जन गर्नुपर्दछ ।”