अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक

काठमाडौं । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवाले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ । अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक हुने गरेको विवरणमा पाइएको हो । सन् २०१५ मा चीनले गरेको अध्ययनको क्रममा अगरबत्तीको धुँवाले मानिसले भित्री कोषमा पुगेर असर पुर्या्उने गरेको पाइएको थियो । अध्ययनमा अगरबत्तीको धुँवाले तीन किसिमको हानिकारक रसायनहरु निस्किने र यसले क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको छ । साथै यसले अन्य फोक्सोसम्बन्धी समस्याहरु पनि बढाउनसक्ने बताइएको छ । अगरबत्तीको धुँवा आइरहेको स्थानमा एकपटक श्वास लिँदा ६४ किसिमका हानिकारक रसायनहरु मिसिएको अवयव फोक्सोमा पुग्ने अध्ययनले बताएको छ । यसले श्वासप्रश्वासमा अनियमितताका लागि अन्य केही समस्या आउनसक्ने बताइएको छ । अगरबत्तीको धुँवा धेरै हानिकारक हुनुमा यसमा प्रयोग गरिएको निकै साना अवयवहरु रहेको बताइएको छ । यस किसिमका अवयवहरु मानिसको शरीरका लागि निकै हानिकारक हुने अध्ययनकर्ताहरुले बताएका छन् । ९एजेन्सी०

पत्रकारको पारिश्रमिक बढाउने निर्णयको स्वागत

0
न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने नेपाल सरकार मन्त्री परिषद्कोनिर्णयको स्वागत गरेको छ । समितिको गत भदौ २४ र २५ गते काठमाडौंमा सम्पन्न बोर्ड बैठकले सञ्चार प्रतिष्ठानहरुको वर्गीकरणका आधारमा ५० प्रतिशतसम्म पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको भए पनि नेपाल सरकारले एकमुष्ठ २५ प्रतिशतको दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गर्नुलाई समितिले सकारात्मक रुपमा लिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । “हामीले पत्रपत्रिकालाई राष्ट्रिय, प्रादेशिक र स्थानीय गरी भौगोलिक आधारमा तीन तहमा विभाजन गरी त्यसमा पनि क, ख, र ग गरी तीन श्रेणीमा बाँडेर पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेका थियौ भने एफ।एम। रेडियोहरुलाई १ सय वाटसम्म, ५ सय वाटसम्म र ५ सय वाटभन्दा माथि गरी तीन श्रेणीमा तथा टेलिभिजनहरुतर्फ स्याटेलाइट र केबुल तथा टेरेष्टोरियल गरी दुई किसिमबाट छुट्याएर सोही अनुसारको पारिश्रमिक दर कायम गरेका थियौं ।” अध्यक्ष पराजुलीको भनाई छ । यसैगरी अनलाइन मिडियालाई राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन श्रेणीमा रहने भन्ने स्वघोषणा गरी सोहीअनुसारको पारिश्रमिकको व्यवस्था गर्न सुझाव दिएकोमा नेपाल सरकार मन्त्री परिषद्को यही असोज २१ गतेको निर्णयअनुसार यस अगाडिको न्यूनतम पारिश्रमिकमा एकमुष्ठ २५ प्रतिशत वृद्धि गरिएको छ र यो निर्णयले मुलुकभरका सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै समितिका अध्यक्ष पराजुलीले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र माननीय मन्त्री गोकुल प्रसाद बास्कोटा प्रति आभार समेत प्रकट गर्नुभयो । श्रमजीवी पत्रकारहरुको पक्षमा गरिएको यो निर्णयसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनहरु, मिडिया संचालक एवं संचालकहरु आवद्ध विभिन्न संस्थाहरु गम्भीर र जिम्मेवार बन्न समेत समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष पराजुलीले श्रमजीवी पत्रकार एवं कर्मचारी कामदारको पारिश्रमिक वृद्धिको निर्णयसँगै समितिको सुझावअनुसार संचार प्रतिष्ठानहरुको सवलीकरणका लागि पनि सरकारले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

इन्डोनेसियाको जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु

कार्ता, २५ इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६।० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताउनु भएको छ । इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७।५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ । साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ ।

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

0
श्रीनगर, भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो । हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताउनु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो । यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ ।